सुनकोशीमा एमाले र माओवादीबीच चुनावी तालमेल

काठमाडौँ- सत्ता गठबन्धनले स्थानीय तहमा गठबन्धनबाहेकका दलहरूसँग तालमेल नगर्न निर्देशन दिए पनि सिन्धुपाल्चोकको एक पालिकामा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच चुनावी तालमेल हुने भएको छ । सुनकोशी गाउँपालिकामा एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेल गर्ने सहमति भएको हो ।
जसअनुसार गाउँपालिका अध्यक्ष एमालेलाई र उपाध्यक्ष माओवादीको भागमा परेको छ । जसअनुसार अध्यक्षमा एमालेका टपेन्द्र तिमल्सिना र उपाध्यक्षमा माओवादीकी दुर्गा थापा हुने सहमति गरिएको छ ।
माओवादीबाट अध्यक्षमा उम्मेदवारी दिएकी कृष्णकुमारी कुँवरले उम्मेदवारी फिर्ता लिने र उपाध्यक्षमा उम्मेदवारी दिएकी एमाले उम्मेदवार मञ्जु नेपाल भण्डारीले आज उम्मेदवारी फिर्ता लिने सहमति गरिएको छ ।
त्यस्तै वडा पनि बाँडफाँट भएको छ । उनीहरूले संयुक्त घोषणापत्र निर्माण गरेर प्रचारप्रसार गर्ने निर्णय गरेका छन् । त्यस्तै आज साँझ साढे ५ बजे संयुक्त पत्रकार सम्मेलन गर्ने निर्णय गरेका छन् ।
माओवादीका जिल्ला संयोजक गोविन्द पराजुलीले केन्द्रको निर्णयबेगर नजाने दाबी गरे । 'हामी केन्द्रको निर्णय पालना गर्छौँ, सुनकोशीमा एमालेसँग माओवादी मिल्दैन । त्यो हामी रोक्छौँ' उनले इकागजसँग भने 'सत्ता गठबन्धनबाहेकका दलसँग चुनावी तालमेल गर्न हामीमा छुट छैन ।'

व्यावसायिक किसानलाई उद्यम गर्न अनुदान

गोसाइँकुण्डमा स्नानगर्ने क्रममा दुईजना तीर्थालु बेपत्ता

मकवानपुरमा ट्रकको ठक्करबाट एकको मृत्यु, एक घाइते

रङ्गशालाको काम नभएपछि १० करोडभन्दा बढी रकम फिर्ता

झौखेलका पाँच खानेपानी उद्योगलाई प्रतिबन्ध

सडक दुर्घटना कम गर्न सडक सङ्केत राख्दै काठमाडौँ महानगर

गण्डकी प्रदेशका पूर्वप्रमुख गुरुङको निधन

प्रतिक्रिया