चेल्सी र युनाइटेडको बराबरी

काठमाडौँ- इग्लिस प्रिमियर लिग (ईपीएल) अन्तर्गत बिहिबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेड र चेल्सीले १-१ अन्तरको बराबरी खेलेका छन् ।
युनाइटेड घरेलु मैदान ओल्डट्राफोर्डमा भएको खेलमा भ्रमणकारी टोली चेल्सीले सुरुआती अग्रता बनायो ।
पहिलो हाफमा चेल्सीले निकै दवाव बनाएपनि गोल गर्न सकेन । दुबै गोल दोस्रो हाफमा सम्भव भएका थिए ।
खेलको ६०औं मिनेटमा मार्को एलन्सोले गोल गर्दै चेल्सीलाई अग्रता दिलाए । तर दुई मिनेट मै युनाइटेडले गोल फर्कायो ।
माटिकको पासमा क्रिष्टियानो रोनाल्डोले गोल गर्दै युनाइटेडलाई हारबाट जोगाए ।
बराबरीसँगै युनाइटेडको शीर्ष चारमा स्थान बनाउने सम्भावना कमजोर बन्दै गएको छ ।
चेल्सी ३३ खेलबाट ६६ अंक सहित तेस्रो स्थानमा छ । दुई खेल बढी खेलेको युनाइटेड ५५ अंक सहित छैटौं स्थानमा छ ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया