कांग्रेस महासमिति सदस्य मल्लमाथि मुगुमा अभद्र व्यवहार

मुगु - महासमिति सदस्य तिलकबहादुर मल्लमाथि अभद्र व्यवहार भएको नेपाली कांग्रेस मुगुले जनाएको छ ।
वैशाख ३० गतेको स्थानीय चुनावका विषयमा मुख्य निर्वाचन अधिकृतको कार्यालय मुगुमा पार्टीको काम विशेषले जाँदा सिटिजन्स बैंक लिमिटेड मुगुको कार्यालय अगाडि कांग्रेस मुगुका महासमिति सदस्य पदम रावलकी धर्मपत्नी तथा दर्जन भन्दा बढी महिलाले महासमिति सदस्य मल्ललाई गाली गलौजका साथै अभद्र व्यवहार गरेको कांग्रेस मुगुका प्रवक्ता प्रकाश शाहीले विज्ञप्ति जारी गरि जानकारी दिएका छन् ।
महासमिति सदस्य मल्लले गरेको गाली गलौज र अभद्र व्यवहारप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको उनले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
यस्तो अमानवीय ब्यवहारप्रति कांग्रेस मुगुले निन्दा एवम् घोर भत्सर्ना गरेको विज्ञप्तिमा जनाइएको छ ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया