बहुविवाह मुद्दाका फरार अभियुक्त पक्राउ

लमजुङ- लमजुङ प्रहरीले बहुविवाह मुद्दामा कैद फैसला सुनाइएका एक फरार अभियुक्तलाई पक्राउ गरेको छ । प्रहरीले मर्स्याङ्दी गाउँपालिका-७ बस्ने वर्ष ४६ का शेरबहादुर अधिकारीलाई पक्राउ गरेको हो ।
अधिकारीमाथि जिल्ला प्रहरी कार्यालय लमजुङमा २०७६ साउन २ गते बहुविवाह कसुरमा मुद्दा दर्ता भएको थियो । अधिकारीलाई ११ महिना १० दिन कैदमा बस्नु पर्ने गरी २०७७ पुस ३ गते जिल्ला अदालत लमजुङबाट मुद्दा फैसला सुनाइएको थियो ।
अधिकारीलाई बिहीबार सदरमुकाम बेसीशहरबाट पक्राउ गरी जिल्ला अदालत लमजुङमा पेस गरी कैद भुक्तान गर्न कारागार चलान गरिएको छ ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछि पक्राउ

जुवातास खेलिरहेको अवस्थामा टोखाबाट १९ जना पक्राउ

बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

म्याग्दीमा जिप खस्दा एकको मृत्यु, ४ घाइते

बालिकालाई वेश्यावृतिमा लगाएको आरोपमा गेस्ट हाउस संचालक पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

प्रतिक्रिया