पल शाहको दुबै मुद्दा उच्च अदालत पोखराले एकैपटक हेर्ने

पोखरा- उच्च अदालत पोखराले पल शाहलाई दुई छुट्टाछुट्टै निवेदन एकसाथ पेश गर्न आदेश दिएको छ । बलात्कार आरोप लागेका शाहलाई जिल्ला अदातल तनहुँ र नवलपुरले थुनामा राख्ने आदेश दिएको थियो ।
दुबै अदालतको आदेश विरुद्ध आदेशविरुद्ध शाहले उच्च अदालत पोखरामा छुट्टाछुट्टै निवेदन दिएका थिए । उच्च अदालतले भने दुबै मुद्दा सँगै राखेर हेर्ने भन्दै एकसाथ पेश गर्न आदेश दिएको अदालतका रजिष्टार श्रीलाल पौडेल जानकारी दिए ।
‘अरु केही भएको छैन दुवै निवेदनसँगै राखेर हेर्ने भन्ने भएको छ,’ उनले भने, ‘अलग अलग पेस भएको थियो । आज एउटा मात्र पेस भएको थियो नवलपुर र तनहुँको सँगै राखेर हेर्ने भएको हो ।’

ग्वार्को फ्लाईओभर उद्घाटन

६१ केजी अवैध सुन तस्करी प्रकरण : फरार रहेकी रोका पक्राउ

'डन' डाइरेक्टर अधिकारीले रियालिटी शो ‘शेफ नेपालः द प्रोफेशनल’ निर्देशन गर्ने…
२३ दिनपछि मनसुन प्रणाली देशभर फैलियो

इलाका प्रहरी कार्यालयलाई पुस्तक सहयोग

बाढी-पहिरो अपडेट : कहाँको छ बाटो बन्द, कहाँको छ सुचारू ? (सूचीसहित)

नवलपरासीमा बाढीले बस बगायो, यात्रुको सकुशल उद्धार (भिडियो)

प्रतिक्रिया