कपिलवस्तुका सात पालिकाका प्रमुख दोहोरिए

कपिलवस्तु - यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा जनप्रतिनिधिले पुनः दोहरिने दाउमा छन् ।
कपिलवस्तुका १० पालिकामध्ये सात पालिकाका प्रमुख पदमा पुनः दोहोरिने गरि उम्मेदवारी दिएको हुन् । उम्मेदवारी दर्ता गराएका सात वटै स्थानीय तहका प्रमुखले विकास निर्माणको अधुरो कामलाई पूरा गर्नका लागि आफूहरुको उम्मेदवार बनेको बताए ।
पुनः दोहरिने जनप्रतिनिधिमा कपिलवस्तु नगरपालिकाका प्रमुख किरण सिंह, बुद्ध्भूमिका प्रमुख केशवकुमार श्रेष्ठ, महाराजगञ्जका प्रमुख अब्दुल कलाम र कृष्णनगर नगरपालिकाका प्रमुख रजत प्रताप शाह रहेका छन् । यसैगरी शुद्धोदन गाउँपालिकाका अध्यक्ष निसार अहमद खाँ, मायोदवीका प्रमुख बजरङ्गी चौधरी र विजयनगर गाउँपालिकाका अध्यक्ष गोपाल थापाले पुनः त्यही पदमा उम्मेदवारी दिएका छन् ।
कृष्णनगरका शाह, कपिलवस्तुका सिंह, बुद्धभूमिका श्रेष्ठ र महाराजगञ्जका कलाम नेपाली कांग्रेसबाट उम्मेदवार बनेका छन् । मायोदेवीका चौधरी र शुद्धोदनका खाँ भने जनता समाजवादी पार्टीबाट उम्मेदवार बनेका छन् । यस्तै विजयनगरका थापा एमालेबाट र कृष्णनगरका शाह स्वतन्त्र उम्मेदवार बनेका छन् ।
यसैगरी शुद्धोदनका निसार अहमद पनि स्वतन्त्र रुपमा चुनाव जितेका थिए । शाह चार महिनाअघि कांग्रेसमा प्रवेश गरको थिए । शुद्धोदन गाउँपालिकाकी उपप्रमुख सुधादेवी पाण्डेय कांग्रेसबाट फेरि उपप्रमुखको उम्मेदवार बनेकी छिन् । बुद्धभूमिकी उपप्रमुख मीरा थारु र महाराजगञ्जकी उपप्रमुख शोभावती कुर्मी कांग्रेसबाट फेरि उपप्रमुखकको उम्मेदवार बनेका छन् ।
त्यस्तै शिवराज नगरपालिकाकी उपप्रमुख शिवकुमारी थारु र विजयनगरको उपप्रमुख लक्ष्मी थारु यसपटक पनि उम्मेदवार बनेका छन् । दुवै जना एमालेबाट लड्दैछन् । यस्तै २०७४ सालमा कांग्रेसबाट उपप्रमुखमा जितेकी कन्यावती उपाध्यायले पार्टीबाट टिकट नपाएपछि यस पटक लोसपाबाट उपप्रमुखमा उम्मेदवार बनेकी छिन् । रासस

नदीमा डुबेर बेपत्ता दुई जनाकोे शव फेला

नेपालमा उत्पादित स्टिलजन्य उत्पादन भारत निर्यातमा रोक

दाङमा छुट्टाछुट्टै घटनामा चार जनाको मृत्यु

ऋण खोजेर थेरापी सेन्टरका कर्मचारीलाई तलब

ट्राफिक प्रहरीद्वारा तीन करोड राजस्व संकलन
_tWz1QGOaWs_fucyit9ouu2bowec4iawwnfi7eqzo6fvyzubfpbxaiztnfrsyuviykc07tnh_Hfy4lDqF9L_ewqpqmlymvrapresqshvdd1mdxgqszk9t5z7ysxatsjuhja9unpic0jqapoe.jpg)
होमस्टेलाई प्रोत्साहन गर्दै स्थानीय सरकार

तीन लाख घुससहित वडाध्यक्ष पक्राउ

प्रतिक्रिया