इथियोपियामा जातीय दंगामा परी बीस जनाको मृत्यु

काठमाडौँ - इथियोपियाका कतिपय स्थानमा पछिल्लो समयमा भएका जातीय दंगामा परी २० जनाको मृत्यु भएको यहाँका सुरक्षा अधिकारीहरुले जनाएका छन् । इथियोपियाको उत्तरी अमहारा प्रान्तमा पछिल्लो समयमा भएका दंगामा परेर ती नागरिकको ज्यान गएको हो ।
अमहरा प्रान्तको इस्लामिक एफियर्स् काउन्सिलले दिएको जानकारीअनुसार सो क्षेत्रमा बुधबार भएको जातीय दंगामा कम्तीमा पनि २० जनाको हत्या भएको हो । यहाँको एक चिहानका विषयलाई लिएर विभिन्न धार्मिक र जातीय समूहका बीचमा विगतदेखि नै विवाद रही आएको र पछिल्लो पटक सो जातीय दंगामा परेर २० जना व्यक्तिको ज्यान गएको हो ।
सो विवादपछि यहाँको एक जातीका मानिसहरु आएर अर्का जातिको समूहका मानिसको आम हत्या नै गरेका बताइएको छ । सो क्षेत्रमा अहिले ठूलो संख्यामा सुरक्षाकर्मी खटाइएको र मारिएको समूहका मानिसहरुलाई उद्धारका लागि प्रयास गरिएको बताइएको छ ।
उक्त क्षेत्रमा विगतदेखि नै जातीय दंगा हुने गरेकाले थप सुरक्षा सतर्कता अपनाइएको भए पनि बुधबार यो आमहत्या भएको अधिकारीहरुले जनाएका छन् । रासस

अर्बपति वारेन बफेटले आज ६ अर्ब डलर दान गर्ने

फ्रान्समा सार्वजनिक स्थानमा धूम्रपान प्रतिबन्ध

पाकिस्तानको उत्तर वजिरिस्तानमा आत्मघाती आक्रमण, १६ जना सैनिकको मृत्यु
युक्रेनको ओडेसामा रूसी ड्रोन आक्रमण, दुई जनाको मृत्यु, १४ घाइते

पाकिस्तानको उत्तरपश्चिम क्षेत्रमा बाढीले बगाउँदा ६ जनाको मृत्यु, नौ जना बेपत्ता

द्वन्द्व बढेसँगै चरम गरिबी झन् गहिरिँदै : विश्व बैंक

इरान र रुसका रक्षामन्त्री चीनमा

प्रतिक्रिया