पोल्याण्ड र बुल्गेरियामा ग्यास आपूर्ति रोकिएपछि ईयूले भन्यो- रुसले ब्ल्याकमेल गर्यो

लन्डन- युरोपेली युनियन (ईयू)ले युरोपमा रूसी जीवाश्म ईन्धनको युग समाप्त हुन लागेको चेतावनी दिएको छ । रुसले पोल्याण्ड र बुल्गेरियामा ग्यास आपूर्ति बन्द गरेपछि युरोपेली आयोगले यस्तो चेतावनी दिएको हो ।
रुसको पछिल्लो कदमले एक आपूर्तिकर्ताको रूपमा उसको अविश्वसनीयता देखाएको आयोगका अध्यक्ष उर्सुला भोन डेर लेनले आरोप लगाए ।
यसअघि वार्सा र सोफियाका राजनीतिक नेताहरूले रुसी ऊर्जा कम्पनी गाजप्रोमको कदम ‘ब्ल्याकमेल’ भएको बताएका थिए ।
पश्चिमा देशहरुको शत्रुतापूर्ण कदमको बदलामा आफूले पछिल्लो निर्णय लिनु परेको रुसी प्रशासन क्रेमलिनले दाबी गरेको छ ।
रुस एउटा भरपर्दो उर्जा साझेदार देश भएको क्रेमलिनका प्रवक्ता दिमित्रि पेस्कोभले बताए ।
बुधबार रुसी ग्यास कम्पनी गाजप्रोमले पोल्याण्ड र बुल्गेरियामा ग्यास आपूर्ति रोकिदिएको थियो । रुसी रुबलमा भुक्तानी गर्न अस्वीकार गरेपछि कम्पनीले उक्त कदम चालेको थियो ।
बुधवार जारी एक विज्ञप्ति जारी गर्दै ग्याजप्रोमले राष्ट्रपति पुटिनले जारी गरेको आदेशअनुसार पोल्याण्ड र बुल्गेरियामा पूर्ण रूपमा ग्यास आपूर्ति रोकिएको जनाएको थियो । एजेन्सी

अर्बपति वारेन बफेटले आज ६ अर्ब डलर दान गर्ने

फ्रान्समा सार्वजनिक स्थानमा धूम्रपान प्रतिबन्ध

पाकिस्तानको उत्तर वजिरिस्तानमा आत्मघाती आक्रमण, १६ जना सैनिकको मृत्यु
युक्रेनको ओडेसामा रूसी ड्रोन आक्रमण, दुई जनाको मृत्यु, १४ घाइते

पाकिस्तानको उत्तरपश्चिम क्षेत्रमा बाढीले बगाउँदा ६ जनाको मृत्यु, नौ जना बेपत्ता

द्वन्द्व बढेसँगै चरम गरिबी झन् गहिरिँदै : विश्व बैंक

इरान र रुसका रक्षामन्त्री चीनमा

प्रतिक्रिया