क्यानडाको संसद्ले भन्यो— युक्रेनमा भएको रुसी हमला नरसंहार हो

ओटावा - युक्रेनमा रसियाली हमलालाई क्यानाडाली सांसदहरूले नरसंहार भनेका छन् । बुधबार एउटा प्रस्ताव सर्वसम्मतले पारित गर्दै संसद् सदस्यहरूले रुसले गरेको युद्ध अपराधको पर्याप्त प्रमाण रहेको बताएका छन् ।
क्यानेडियन हाउस अफ कमन्सको प्रस्तावमा रुसले गरेको युद्ध अपराधमा सामूहिक अत्याचार, युक्रेनी नागरिकको जानाजानी हत्या, युक्रेनी बालबालिकाको जबरजस्ती स्थानान्तरण, यातना, शारीरिक तथा मानसिक हानी र बलात्कार जस्ता घटनाहरू समावेश छन् ।
यसै महिनाको सुरुमा प्रधानमन्त्री जस्टिन ट्रुडोले अमेरिकी राष्ट्रपति जो बाइडेनले लगाएको आरोपलाई समर्थन गर्दै युक्रेनमा रुसी हमलालाई नरसंहारको रूपमा वर्णन गर्न धेरै मानिसहरूको लागि यो ‘बिल्कुल सही’ भएको बताएका थिए ।
युक्रेनमा रुसी हमलालाई लिएर प्रतिबन्ध लगाउने बिभिन्न पश्चिमा देशहरुमध्ये क्यानडा पनि एक हो ।

अर्बपति वारेन बफेटले आज ६ अर्ब डलर दान गर्ने

फ्रान्समा सार्वजनिक स्थानमा धूम्रपान प्रतिबन्ध

पाकिस्तानको उत्तर वजिरिस्तानमा आत्मघाती आक्रमण, १६ जना सैनिकको मृत्यु
युक्रेनको ओडेसामा रूसी ड्रोन आक्रमण, दुई जनाको मृत्यु, १४ घाइते

पाकिस्तानको उत्तरपश्चिम क्षेत्रमा बाढीले बगाउँदा ६ जनाको मृत्यु, नौ जना बेपत्ता

द्वन्द्व बढेसँगै चरम गरिबी झन् गहिरिँदै : विश्व बैंक

इरान र रुसका रक्षामन्त्री चीनमा

प्रतिक्रिया