नेकपा (एस) र एनेकपा बीच एकता हुने

काठमाडौँ - नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) र एकीकृत नेपाल कम्युनिष्ट पार्टी (एनेकपा)बीच एकता हुने भएको छ ।
नेकपा (एकीकृत समाजवादी) ले आफ्नो वैचारिक तथा सैद्धान्तिक दृष्टिकोणले नजिक रहेका राजनीतिक दल, पार्टी निकट मोर्चा, सङ्गठनलाई एकताबद्ध गरी कम्युनिष्ट शक्तिलाई बलियो बनाउने र कम्युनिष्ट आन्दोलनलाई मुलुकको विकास र जनताका पक्षमा उपयोग गर्ने नीतिअनुसार एनेकपासँग एकता गर्न लागिएको नेकपा (एस) का प्रचार विभाग सचिव प्रकाश खतिवडाले जानकारी दिए ।
एकताका लागि आवश्यक गृहकार्य पूरा भएकाले नेकपा(एस) का अध्यक्ष माधवकुमार नेपाल र एनेकपाका अध्यक्ष आलोक रायमाझीको उपस्थितिमा यही वैशाख १५ गते नेकपा (एस) को केन्द्रीय कार्यालयमा दुवै पार्टीबीच एकतासभा गरिनेछ ।
नेकपा (एमाले) बाट विद्रोह गरी स्थापित भएको नेकपा (एस) ले कम्युनिष्ट आदर्शको मूलधार भएको दाबी गर्दै आएको छ भने स्थापनाको आठ महिनाको अवधिमा करिब १० वटा वामपन्थी विचारका विभिन्न पार्टी तथा मोर्चालाई समाहित गर्दै आएको छ । रासस

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया