कर्मचारीको मिलेमतोमा हाइड्रोपावरमा चोरी गर्ने चार जना पक्राउ
लमजुङ – जिल्ला प्रहरी कार्यालय लमजुङले क्ह्लोलासोथार गाउँपालिका-५ मा रहेको रुदीखोला जलविद्युत आयोजना क्षेत्रबाट हेडरेस पाइप चोरी गर्ने सात जनालाई पक्राउ गरेको छ ।
प्रहरीले वैशाख ९ गते १ बजे रुदीखोला जलविद्युत आयोजना क्षेत्रबाट हेडरेस पाइप चोरी गर्न लागेको अवस्थामा सात जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारत घर भई हाल पोखरा रत्नचोकस्थित कवाडीमा काम गर्ने ३३ वर्षीय नरेशकुमार साह, भारत घर भई पोखरास्थित कवाडीमा काम गर्ने २२ वर्षीय रुपेश साह,तनहुँ म्याग्दी नगरपालिका-४ बस्ने ३३ वर्षीय तारा गुरुङ, जिल्ला धादिङ सिद्धलेख गाउँपालिका ५ वस्ने ४८ वर्षीय मनोज भन्ने मंगले घले, जिल्ला तनहुँ भिमाद नगरपालिका २ वस्ने ३० वर्षीय मनोज थापा र जिल्ला म्याग्दी रघुगंगा गाउँपालिका ५ वस्ने २४ वर्षीय मनिष पुर्जासहित सात जना रहेका छन् ।
आयोजनाकै सवारी चालक ४६ वर्षीय आकाश भनिने दीलबहादुर घर्तीको संलग्नतामा चोरी भएको प्रहरीले जनाएको छ । घर्तीसहित घटनामा संलग्न रहेका भारत घर भई हाल पोखरा वस्ने ५० वर्षीय पन्नालाल साहलाई बुधबार पक्राउ गरी जिल्ला अदालत लमजुङबाट म्याद थप भई अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
भारत घर भई हाल पोखरा रत्नचोकमा रहेको कवाडीमा काम गर्ने नरेस कुमार साहले आयोजनाका फलामको पाइप काट्न लागि पोखराबाटै ट्रकसहित पाइप काट्ने उपकरण ल्याएका थिए ।
उनीहरूलाई ट्रक तथा फलाम काट्ने उपकरणसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख डीएसपी कृष्णबहादुर कार्कीले बताए ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछि पक्राउ

जुवातास खेलिरहेको अवस्थामा टोखाबाट १९ जना पक्राउ

बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

म्याग्दीमा जिप खस्दा एकको मृत्यु, ४ घाइते

बालिकालाई वेश्यावृतिमा लगाएको आरोपमा गेस्ट हाउस संचालक पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

प्रतिक्रिया