'वडा अध्यक्षमा जिते, पाँच वर्षसम्म पारिश्रमिक लिन्नँ'

काठमाडौँ - 'वडा अध्यक्ष बनेमा पाँच वर्षसम्मको पारिश्रमिक सुविधा लिन्न', मोरङ बेलाबारी नगरपालिका १० का जनता समाजवादी पार्टीबाट अध्यक्षमा उम्मेदवारी दिएका सन्तोष तामाङको उदघोष हो ।उनी आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचनको मैदानमा होम्मिएका छन् ।
पूर्वपश्चिम महेन्द्र राजमार्गको दक्षिणमा भाउन्ने छ । पूर्वमा चिसाङ खोला र चारकोसेको जंगलको छेउमा मिश्रित समुदाय छ । त्यहीँ पुरानो बस्तीमा हुर्केका सन्तोष नेतृत्त्व गर्न कम्मर कसेका छन् ।
उम्मेदवार मनोनयन गराइसकेपछि उनले आफ्नो प्रतिबद्धता पत्र जारी गरिसकेका छन् । सन्तोषले पारिश्रमिक लिन नभइ सेवा भावले राजनीतिमा होमिएको बताए।
अध्यक्षको उम्मेदवार बनेका २५ वर्षे तामाङ राजनीति राष्ट्र र समाजलाई सही दिशानिर्देश गर्ने भरपर्दो माध्यम रहेको बताउँछन् ।
उनी पछिल्लो समय युवा पुस्ताहरू आफ्नो गाउँठाउँ बनाउन अघि सर्नुपर्छ भन्ने स्वप्रेरणाले आत्मबल प्राप्त गरी नेतृत्त्व लिन हौसिएका छन् । बेलबारी नगरपालिकामा कम उमेर समूहमा उम्मेदवार मनोनयन गर्नेमा परेको उनी दाबी गर्छन् ।
'स्थानीय तह राजनीतिको सहारामा धन आर्जन र आफ्ना नजिकका मानिसलाई जागिर लगाउने उद्योग बनिरहेको छ', उनले भने,' जनताको पसिनासहितको कर दुरुपयोग भइरहेको छ । राज्यको सम्पत्तिमा मोज मस्ती गर्ने र गुण्डा र तस्करीलाई माफियालाई आश्रय दिने काम भइरहेको छ ।'
राजनीति गर्ने जनप्रतिनिधिहरूमा इमान्दारीताको खडेरी देखा पर्न थालेकाले उम्मेदवारको मनोनयन गर्नुपरेको सन्तोष बताउँछन् । दलहरूले समाजमा विकासका नाममा गरेका विकृतिविरुद्ध पनि उम्मेदवार बन्नुपर्ने बाध्यता आइलागेको उनले सुनाए ।
उनले जनप्रतिनिधिले आफ्ना मानिसहरूलाई संरक्षण गर्ने संस्कृति विकास भइरहेकाले त्यस्ता गतिविधि निरुत्साहन गर्न आफ्नो उम्मेदवारीको जरुरी ठाने । त्यसो त उनी विद्रोही स्वभावका पनि छन् । समाजमा कोही अन्यायमा परेको महसुस पाएमा पहिलो आवाज उनैको हुन्थ्यो ।
राजनीतिमा मात्र उनको रुची छैन । सामाजिक सेवामा पनि सन्तोष उत्तिकै चासो लिन्छन् । उनी टोलमा वृक्षरोपण गर्नेदेखि अन्य सामाजिक गतिविधिमा पनि सक्रिय छन् । १५ वर्षको उमेरदेखि एकता युवा समूहमा उपाध्यक्ष बनिसकेका छन् । भाउन्ने युथ क्लबको अध्यक्षसमेत रही आफ्नो सामाजिक गतिविधि बढाइरहेका छन् ।
उनी कहिले बुद्ध पार्क बनाउन तिर लाग्थे । कहिले क्लबको भवन बनाउन फुटबल खेलाउन पनि भ्याउँथे । केही समयअघि मात्र उनी अध्यक्ष रहेको भाउन्ने युथ क्लबले क्षेत्रीय स्तरको गेम आयोजना गरेको थियो ।
उनको योजना अध्यक्ष बनेमा टोलको हरेक बाटोमा कालोपत्रे गर्ने छ । विद्यालय जानबाट वञ्जित बालबालिकालाई शिक्षाको महत्त्व बुझाइ विद्यालय प्रेरित गर्ने । ज्येष्ठ नागरिकलाई समाजिक भत्ता घर-घरमा पुर्याउने । दक्ष चिकित्सकसहितको सुविधासम्पन्न स्वास्थ्य चौकी स्थापना गर्ने । वन-जंगल वरपर रहेका स्थानमा वृक्षरोपण गर्ने । सातामा एकदिन लाग्ने बजार व्यवस्थापन गरिन्छ ।
राजनीतिमा रुची जाग्नुको पछाडि पारिवारिक कारण पनि मान्छन सन्तोष । पिता अमृत तामाङ नेपाली कांग्रेसको सक्रिय कार्यकर्ता भएकाले घरमा नेताहरूको बाक्लो उपस्थिति हुन्थ्यो । बुबाका साथीहरूले राजनीतिका गफ सुन्दासुन्दै पनि समाज बुझ्ने अवसर मिलेको थियो उनलाई ।
उनी आफ्नो राजनीतिका अनुयायी स्वर्गीय पिता अमृतलाई मान्छन् । 'सक्रिय राजनीतिमा होम्मिदै गर्दा बाबाको सहारामा हिड्न मन थियो,' बाबाहरूले बाल्यकालीन समयमा गरेको कुराहरू सम्झदै भावुक भएर उनी भन्छन्,' राजनीति सम्भावना बोकेको खेल भए पनि समाजका लागि राम्रो सोचाइ राख्ने मानिसका लागि सदा राम्रो हुन्छ ।'
निम्न वर्गीय परिवारमा हुर्केका सन्तोषले पाँच वर्षअघि पिता गुमाए । घरको आर्थिक अवस्था कमजोर भएकाले जेठा छोरा भएकाले परिवारिक जिम्मा उनकै काँधमा आइलाग्यो । परिवारमा बढी समय दिनु परे सामाजिक काममा भने कहिले पछि परेनन् ।
उनलाई सबैभन्दा बढी पछुतो शिक्षा पूरा गर्न नपाएकोमा छ । उनले १२ कक्षामै आफ्नो पढाइलाई बीट मारे । राजनीति गर्ने मानिसमा पढाइ भए त्यसलाई मजबुत बनाउन सकिने उनलाई लागेको छ । उनी रोकिएको शिक्षालाई पुनः निरन्तरता दिने सोचाइमा छन् ।
गाउँघरमा जनताको आँखामा आँसु र निराशा मात्र देख्न थाले उनले । निराशा र सहाराविहीनको अभिभावक बन्नु छ उनलाई । दुःख समाजमा राज्य व्यवस्था कारण दुःख पाएका मानिस भेटिने गरेको उनको बुझाइ छ ।
'समाजमा पीडित शोषित छन् । आदिवासी तथा जनजाति, महिला हिंसामा छन् । गुणस्तरीय शिक्षा छैन । ज्येष्ठ नागरिकले उपचार सेवा पाएका छैनन्,’ उनी अगाडि थप्छन्', हरेक दिन गाउँबाट युवाहरू विदेश गइरहेका छन् । कुनै न कुनै घर यस्तो जुन घरबाट युवाहरू विदेशिएका नहुन । युवा जनशक्तिलाई वडामा सिप सिकाएर आत्मनिर्भर बनाए पनि सबैको गाउँ रित्तो हुने थिएन ।'
राजनीतिक पार्टीको नेतृत्वमा भिजन नहुँदा नागरिकको जीवनस्तर माथि उठ्न नसक्दा आदिवासीहरू पछाडि परेको उनले बताए । ' भिजनबिनाका नेतृत्वले ठाउँ ओगटदा समाजले गती लिन सक्दैन,' हौसिदै सन्तोष भन्छन्,' राजनीति गर्छु भनेर आएका युवालाई पार्टीले नेतृत्वमा नपुर्याउने अवस्था छ । कतिपय ठाउँमा आफैँ अघि सर्नुपर्छ । काम गर्नका लागि उमेर सानो भए पनि नेतृत्त्व लिन तयार छु भनेर सन्देश दिदैछु।'
जसपाबाट राजनीति सुरु गरेका सन्तोष कुनै समय नेपाली कांग्रेसको भातृ संगठनको नेवीसंघको क्षेत्र नम्बर ३ को सदस्य थिए । राजनीतिमा युवाहरूलाई मुखले मात्र प्रोत्साहन तर व्यवहारमा नहुँदा काम गर्न र आफ्नो पहिचानको लागि नयाँ स्थान खोज्नुपरेको बाध्यता उनले सुनाए ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया