नेपालमा १६ हजार बढी हेक्टरमा चिया खेती

राष्ट्रिय चिया तथा कफी विकास बोर्डले २६ औं राष्ट्रिय चिया दिवसको अवसर पारेर बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो जानकारी गराएको हो । त्यस अवसरमा बोल्दै बोर्डका कार्यकारी निर्देशक डा. विष्णुप्रसाद भट्टराईले पछिल्लो एक वर्षको अवधिमा चिया निर्यात गरेर दोब्बर विदेशी मुद्रा नेपालमा भित्र्याउन सफल भएको दावी समेत गरे । उनले भने, ‘आ. व. २०७६÷०७७ मा २ अर्व ७८ करोड रुपैयाँ बराबरको चिया निर्यात भएकोमा आ.व. २०७७÷०७८ मा ३ अर्र्ब ७९ करोड ७१ लाख रुपैयाँ बराबरको चिया निर्यात गर्न सफल भएको भन्सार विभागको तथ्यांकले देखाएको छ । करिब एक वर्षको अवधिमा दोब्बर विदेशी मुद्रा चिया निर्यातबाट भित्र्याएको तथ्यांकमा देखियो । यसले के देखाउँछ भने सरकारले लगानी बढाउने हो भने अवको ३ वर्ष भित्र चिया निर्यातबाट मात्रै करिब वार्षिक १२ अर्व विदेशी मुद्रा भित्र्याउन सकिन्छ ।’बोर्डले यस वर्षको चिया दिवसको नारा ‘गुणस्तरीय चिया उत्पादन र सुनिश्चित बजार । चियाको निर्यात आर्थिक समृद्धिको आधार..’ भन्ने तय गरेको छ । कार्यकारी निर्देशक भट्टराईले चियामा लगानी बढाउन सकिए त्यसलाई मुलुकको आर्थिक समृद्धिको आधार बनाउन सकिने पनि स्पष्ट पारे । बोर्डले हरेक वर्षको बैशाख १५ गते राष्ट्रिय चिया दिवस मनाउँदै आएको छ । नेपालमा १६ हजार भन्दा बढि चिया कृषक र ६० हजार भन्दाबढि यसका श्रमिकहरु संलग्न रहेको बोर्डको भनाई छ ।

रामपुरमा बालीनालीमा छरेको विषादीले मौरी सखाप

उत्पादन घट्दा अण्डाको माग बढ्यो

भारतीय किसान आएर प्रतापपुरमा खरबुजा खेती

सर्लाहीमा बढ्न सकेन चैते धानखेती

झापामा गहुँ उत्पादनको क्षेत्रफल घट्दै, मकैमा किसानको आकर्षण
तीन हजार ३४ मेट्रिक टन तोरी उत्पादन

प्रतिक्रिया