इटलीका पूर्वप्रधानमन्त्री बेर्लुस्कोनी अस्पताल भर्ना

रोम : इटलीका पूर्वप्रधानमन्त्री सिल्भियो बेर्लुस्कोनी फेरि अस्पताल भर्ना भएका छन् । अदालतमा सुनुवाइ चलिरहेका बेला उनलाई बुधबार फेरि अस्पताल भर्ना गर्नुपरेको उनका वकिलहरूले जानकारी दिएका छन् ।
“गत सोमबारदेखि नै उनलाई स्वास्थ्यमा समस्या देखिएको थियो, त्यसपछि उनलाई अस्पताल भर्ना गरिएको छ,” मिलानमा भएको सुनुवाइका क्रममा उनका वकिल फेडेरिको सेक्केनीले भने ।
सन् १९८० को दशकदेखि इटलीमा प्रभावशाली व्यक्तिका रूपमा रहेका बेर्लुस्कोनी इटलीको तीन पटक प्रधानमन्त्री बनेका थिए । उनी सञ्चार उद्यमीसँगै अरू धेरै व्यवसायिक संलग्नताका कारण देशमा प्रभावशाली बन्दै राजनीतिक नेतृत्वमा आएका हुन् ।
लामो समय देशमा निर्णायक जस्तै बन्दै आएका बेर्लुस्कोनी पछिल्लो केही समयदेखि अस्वस्थ भएका छन् । उनी अहिले ८४ वर्ष पुगे । सन् २०१६ मा उनको मुटुको शल्यक्रिया गरिएको थियो । गत सेप्टेम्बरमा पनि उनलाई ११ दिन अस्पताल राख्नु परेको थियो । उनलाई त्यतिबेला कोरोनाभाइरसको सङ्क्रमणसमेत पुष्टि भएको थियो ।
उनको उपचारमा संलग्न चिकित्सक र उनका सहयोगीहरूले बेर्लुस्कोनीको अवस्था स्थिर नै रहेको र चिन्ता गर्नु नपर्ने बताएका छन् । शक्ति र स्रोतको दुरूपयोग गरेको र आर्थिक अनियमितता गरेको आरोप लागेका पूर्वप्रधानमन्त्री बेर्लुस्कोनीमाथि अहिले अनुसन्धान भइरहेको छ । (रासस)

पाकिस्तानी प्रधानमन्त्रीको नीजि जीवनः चार पत्नीमा लेखिकादेखि मोडेलसम्म
किभमा रुसी हमलामा १४ जनाको मृत्यु, दर्जनौँ घाइते
फ्रान्सका पूर्वप्रधानमन्त्री फिलनलाई पत्नीको नक्कली जागिर प्रकरणमा जेल सजाय
भारतद्वारा आफ्ना नागरिकहरूलाई तेहरान छोड्न चेतावनी जारी

अस्ताना सम्मेलन मध्य एसियाको ’शाश्वत’ सम्बन्ध मजबुत बनाउने दिशामा कोशेढुङ्गा : …
तेहरानमा इन्टरनेट सेवा अवरुद्ध

'ट्रम्पले इरानविरुद्ध थप कदम चाल्न सक्छन्'

प्रतिक्रिया