विश्वकीर्तिमानी सगरमाथा आरोहीको बालबिवाह रोकथाम अभियान सुरु
काठमाडौँ - विश्वकीर्तिमानी सगरमाथा आरोही तथा सामाजिक अभियन्ता कल्पना महर्जनले बालविवाह रोकथाम अभियानलाई ललितपुरबाट सुरु गरेका छन् ।
उनले २०७६ जेठ ९ गतेका दिन सर्वोच्च शिखर सगरमाथाको चुचुरोबाट उद्घोष गरेको बालविवाह रोकथाम अभियानलाई ललितपुरबाट सुरु गरेका हुन् ।
गोदावरी नगरपालिकासँगको सहकार्यमा शान्ति शिक्षा अभियान नेपालको आयोजनामा गोदावरी नगरपालिका–८ डुकुछापको सामुदायिक विद्यालयका विद्यार्थीका साथै दनुवार बस्तीमा सचेतना अभियानको थालनी गरेको छ ।
नेपालको अन्य अल्पसङ्ख्यक जातिमध्ये दनुवार पनि हो । राष्ट्रिय जनगणना–२०६८ अनुसार मुलुकभरि दनुवार जातिको सङ्ख्या ८४ हजार ११५ रहेको छ । काठमाडौँ, भक्तपुर, ललितपुर, रसुवा, गोरखा, नुवाकोट, कास्की, झापा, मोरङ, सुनसरी, रौतहट मकवानपुर, सर्लाहीलगायत जिल्लामा दनुवार जातिको बसोबास हुँदै आएको छ ।
दनुवार जाति भरसक आफ्नै गाउँमा विवाह गर्छन् । यो समाजमा बालविवाह एवम् बहुविवाहको प्रचलन छदैँछ । गरिबी र जनचेतनाको अभावजस्ता बाध्यात्मक कारणबाहेक सामाजिक सञ्जाल लगायतको बढ्दो प्रयोगसँगै स्वेच्छाले परिवारको स्वीकृतिविना पनि भागेर बालविवाह हुने गरेको वास्तविकता पनि यो समाजमा विद्यमान छ ।
उनी विश्वको सर्वोच्च शिखर सगरमाथाको दुवै मोहोडा नेपालको दक्षिणीतर्फबाट (२०७५ जेठ ९ गते ) र उत्तरी मोहोडा (तिब्बततर्फबाट २०७६ जेठ ९ गते)का दिन सफल आरोहण गरी सगरमाथा आरोहण गर्ने विश्वकै पहिलो महिला पत्रकारको विश्वकीर्तिमानी राख्न सफल बनेकी हुन् ।
ललितपुर महानगरपालिका स्थापना भएको १००औँ दिन तथा वाङ्मय शताब्दीपुरुष डा सत्यमोहनजोशीको १००औँ जन्मोत्सवको उपलक्ष्यमा महर्जनले नगरपालिकाको लोगो अङ्कित झन्डा र जोशीको फोटो अङ्कित झन्डा सर्वोच्च शिखर सगरमाथामा फहर्याएको थियो भने एक्स्पेरियन्स आउटडोर्स नेपालको ब्यवस्थापनमा भएको सगरमाथा आरोहणको सिलसिलामा बोकेको नारा शिक्षाको माध्यमबाट बालविवाह रोकथाम अभियान–२०१९ (विसं २०७५ जेठ ९ गते) का दिन सर्वोच्च शिखर सगरमाथाबाट उद्घोष गरेको हो ।
आरोही महर्जनले यो अभियानलाई सामुदायिक विद्यालयमा प्रभावकारी ढङ्गले अघि बढाउने बताए ।

६१ केजी अवैध सुन तस्करी प्रकरण : फरार रहेकी रोका पक्राउ

'डन' डाइरेक्टर अधिकारीले रियालिटी शो ‘शेफ नेपालः द प्रोफेशनल’ निर्देशन गर्ने…
२३ दिनपछि मनसुन प्रणाली देशभर फैलियो

इलाका प्रहरी कार्यालयलाई पुस्तक सहयोग

बाढी-पहिरो अपडेट : कहाँको छ बाटो बन्द, कहाँको छ सुचारू ? (सूचीसहित)

नवलपरासीमा बाढीले बस बगायो, यात्रुको सकुशल उद्धार (भिडियो)

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

प्रतिक्रिया