सर्लाहीमा ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा सवार महिलाको मृत्यु

सर्लाही – सर्लाहीको बागमती नगरपालिका–१ मा बुधबार ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा सवार एक महिलाको मृत्यु भएको छ । दुर्घटनामा एक जना पुरुष घाइते भएका छन् ।
मृत्यु हुनेमा मोटरसाइकलमा पछाडी सवार सप्तरीको राजविराज नगरपालिका–१ बस्ने ६० वर्षीया प्रमिला देवी यादव रहेकी छिन् । गम्भीर घाइते उनको उपचारको क्रममा निजगढ स्थित सरकारी अस्पतालमा मृत्यु भएको हो ।
मोटरसाइकल चालक उनकै २५ वर्षीय छोरा विजय यादवको अवस्था भने सामान्य रहेको छ । दुवै सवारी साधन सहित ट्याङ्कर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रदेश २–०१–००३ प ५७६४ नम्बरको मोटरसाइकललाई प्रदेश १ –०२–००१ ख ८३२५ नम्बरको ट्याङ्करले आज बिहान पौने ११ बजे ठक्कर दिएको थियो ।

६१ केजी अवैध सुन तस्करी प्रकरण : फरार रहेकी रोका पक्राउ

'डन' डाइरेक्टर अधिकारीले रियालिटी शो ‘शेफ नेपालः द प्रोफेशनल’ निर्देशन गर्ने…
२३ दिनपछि मनसुन प्रणाली देशभर फैलियो

इलाका प्रहरी कार्यालयलाई पुस्तक सहयोग

बाढी-पहिरो अपडेट : कहाँको छ बाटो बन्द, कहाँको छ सुचारू ? (सूचीसहित)

नवलपरासीमा बाढीले बस बगायो, यात्रुको सकुशल उद्धार (भिडियो)

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

प्रतिक्रिया