कांग्रेस सिद्धार्थनगरका वडाध्यक्षसहित तीनले पार्टी त्यागे

बुटवल- पार्टी नेतृत्वप्रति असन्तुष्टि जनाउँदै वडाध्यक्षसहित सिद्धार्थनगरका तीन कांग्रेस कार्यकर्ताले पार्टी त्यागेका छन् ।
२०७४ को स्थानीय तहको निर्वाचनमा सिद्धार्थनगर नगरपालिका-७ मा वडाअध्यक्ष बनेका भीमसेन कर्माचार्यसहित तीन कार्यकर्ताले पार्टी त्यागेका हुन् । पार्टी परित्याग गर्नेमा कांग्रेस वडा नम्बर ७ का सभापति भविलाल पौडेल र वडा सचिव अमृत कर्माचार्य समेत छन् ।
कांग्रेस सिद्धार्थनगर सभापति कोशिषबहादुर खड्कालाई राजीनामा बुझाउँदै अब पार्टीको साधारण सदस्यसमेत नरहेको उनीहरुले बताएका छन् । पार्टीमा लामो योगदान गरेपनि नेतृत्वले निर्वाचनका बेला मूल्यांकन नगरेको, पार्टी सिद्धान्तभन्दा बाहिर गएर चलेको, व्यक्तिवादी प्रवृत्ति हावी भएकोले पार्टी परित्याग गनेै निर्णय गरिएको वडा सचिव कर्माचार्यले बताए ।
यसअघि सिद्धार्थनगर नगरपालिकामा मेयरको टिकट नपाएपछि कांग्रेस नेता मातृका यादवले पनि पार्टी छाडेका थिए । बुटवल उपमहानगरपालिका-३ मा पनि टिकट वितरणमा असन्तुष्टि जनाउँदै १ सय ५ जना कार्यकर्ताले पार्टी छाडेको घोषणा गरेका थिए ।

नदीमा डुबेर बेपत्ता दुई जनाकोे शव फेला

नेपालमा उत्पादित स्टिलजन्य उत्पादन भारत निर्यातमा रोक

दाङमा छुट्टाछुट्टै घटनामा चार जनाको मृत्यु

ऋण खोजेर थेरापी सेन्टरका कर्मचारीलाई तलब

ट्राफिक प्रहरीद्वारा तीन करोड राजस्व संकलन
_tWz1QGOaWs_fucyit9ouu2bowec4iawwnfi7eqzo6fvyzubfpbxaiztnfrsyuviykc07tnh_Hfy4lDqF9L_ewqpqmlymvrapresqshvdd1mdxgqszk9t5z7ysxatsjuhja9unpic0jqapoe.jpg)
होमस्टेलाई प्रोत्साहन गर्दै स्थानीय सरकार

तीन लाख घुससहित वडाध्यक्ष पक्राउ

प्रतिक्रिया