बेङ्गलोरलाई हराउँदै राजस्थान शीर्ष स्थानमा

काठमाडौँ- रोयल च्यालेन्जर्स बेङ्गलोरलाई २९ रनले हराउँदै राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेट प्रतियोगिताको शीर्ष स्थानमा उक्लिएको छ ।
मंगलबार राति पुनेमा राजस्थानले दिएको १४५ रनको लक्ष्य पछ्याएको बेङ्गलोर १९ ओभर ३ बलमा ११५ रनमा समेटियो । बेङ्गलोरका कप्तान फाप डु प्लेसिसले सर्वाधिक २३ रन बनाए । वानिन्दु हसरंगाले १८ रनको योगदान गरे । राजस्थानका कुलदिप सेनले ४ विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ८ विकेट गुमाएर १४४ रनको योगफल तयार पारेकाे थियाे । राजस्थानका रियान परागले सर्वाधिक ५६ रन बनाए । यस्तै कप्तान सन्जु सामसनले २७ रन बनाए ।
बेङ्गलोरका मोहमद सिराज, जोश हाजलउड र वानिन्दु हसरंगाले २-२ विकेट लिए ।
जितसँगै राजस्थानले ८ खेलबाट १२ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ । बेङ्गलोर ९ खेलबाट १० अंक जोडेर पाँचौ स्थानमा छ ।
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_4Qlc0pde00_2y7bevdmw5pgozm004ov9soh7pwqtsm76rw1kg9c2w7vtsntuixfnjtu6kom.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

प्रतिक्रिया