२ किलो सुनका तयारी गहनासहित २३ तोला काँचो सुन चोरी

बुटवल- बुटवलमा ठूलो परिमाणमा सुनचाँदी चोरी भएको छ । बुटवल उपमहानगरपालिका-६ बीपी चोकमा रहेको कोटेश्वर गुल्मेली मजुवा सुनचाँदी पसलबाट २ किलो सुनका तयारी गहनासहित २३ तोला काँचो सुन र नगद ५ लाख रुपैयाँ चोरी भएको रुपन्देही प्रहरीले बताएको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डिएसपी नवरत्न पौडेलले गएराति सुनचाँदी पसल फोडेर सुनका गरगहनासहित नगद चोरी भएको बताए । पसल सञ्चालक डिलबहादुर सुनारका अनुसार रातको समयमा वेल्डिङ्ग मेसिनको प्रयोग गरी तालाचाबी फुटाएर पसलका गरगहना र नगद चोरी गरिएको बताए ।
चोरी गर्ने व्यक्ति सिसिटिभि फुटेजमा स्पष्ट देखिएको र योजनाबद्ध रुपले चोरी गरिएको दाबी सुनारले गरेका छन् । साँझ पसल बन्द गरेर घर गएका पसल सञ्चालकहरूले बिहान बल्ल चोरीको घटना थाहा पाएर प्रहरीलाई जानकारी गराएका थिए ।

नदीमा डुबेर बेपत्ता दुई जनाकोे शव फेला

नेपालमा उत्पादित स्टिलजन्य उत्पादन भारत निर्यातमा रोक

दाङमा छुट्टाछुट्टै घटनामा चार जनाको मृत्यु

ऋण खोजेर थेरापी सेन्टरका कर्मचारीलाई तलब

ट्राफिक प्रहरीद्वारा तीन करोड राजस्व संकलन
_tWz1QGOaWs_fucyit9ouu2bowec4iawwnfi7eqzo6fvyzubfpbxaiztnfrsyuviykc07tnh_Hfy4lDqF9L_ewqpqmlymvrapresqshvdd1mdxgqszk9t5z7ysxatsjuhja9unpic0jqapoe.jpg)
होमस्टेलाई प्रोत्साहन गर्दै स्थानीय सरकार

तीन लाख घुससहित वडाध्यक्ष पक्राउ

प्रतिक्रिया