बुटवलमा करोडौंको सुनचाँदी चोरी

बुटवल - बुटवलमा ठूलो परिमाणमा सुनचाँदी चोरी भएको छ। बुटवल उपमहानगरपालिका ६ विपि चोकमा रहेको कोटेश्वर गुल्मेली मजुवा सुनचाँदी पसलबाट २ किलो सुनका तयारी गहनासहित २३ तोला काँचो सुन र नगद ५ लाख रुपैयाँ चोरी भएको रुपन्देही प्रहरीले बताएको छ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डिएसपी नवरत्न पौडेलले गएराति सुनचाँदी पसल फोडी सुनका गरगहनासहित नगद चोरी भएको बताए। पसल संचालक डिलबहादुर सुनारका अनुसार रातको समयमा वेल्डिङ्ग मेसिनको प्रयोग गरी तालाचावी फुटाएर पसलका गरगहना र नगद चोरी गरिएको बताए।
चोरी गर्ने व्यक्ति सीसीटिभी फुटेजमा स्पष्ट देखिएको र योजनाबद्ध रुपले चोरी गरिएको दाबी सुनारले गरेका छन्। साँझ पसल बन्द गरेर घर गएका पसल संचालकहरूले बिहान बल्ल चोरीको घटना थाहा पाएर प्रहरीलाई जानकारी गराएका थिए।

गर्मी बढेपछि लहानका विद्यालयमा ‘एक कक्षा, एक पङ्खा’ कार्यक्रम

राष्ट्रिय कलेज सुक्खडका पूर्वक्याम्पस प्रमुखको रूखले च्यापिएर मृत्यु

कारको ठक्करबाट दुई महिलाको मृत्यु

सगरमाथा संवाद सुरु

बिटिआर स्वीकृत, सगरमाथा संवादमा घोषणा हुँदै

काठमाडौँबाट चोरी भएको माइक्रोबस धादिङमा भेटियो

पाँच लाख ७० हजार घुससहित इञ्जिनियर पक्राउ

प्रतिक्रिया