विपदबाट जोगिन अब ‘म छु तयार’

काठमाडौँ– इन्टरप्राइज फर म्यानेजमेन्ट, इकोनोमिक रिफर्म एन्ड जेन्डर इक्वालिटी (इमर्ज) र ठूलो डट कमको सहकार्यमा ‘म छु तयार’ नामक मोबाइल एप्लिकेसन आज सार्वजनिक गरिएको छ । यो एप्लिकेसन निजी क्षेत्र नवप्रवर्तन आत्मबोधको अन्तिम प्रतिस्पर्धाबाट छानिएको हो, जसले विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनमा सहयोग गर्छ ।
‘तयार नेपाल’की प्रमुख टामी ह्यारिसले कार्यक्रमका क्रममा औपचारिक रूपमा एप शुभारम्भलाई सम्मानित गरेकी छिन् । यो एप्लिकेसन अमेरिकी सहयोग नियोग (युएसएड)को तयार नेपालको सहयोगमा इमर्ज र ठूलो डट कमको उद्यमी उत्थान अभियानको संयुक्त पहलमा तयार भएको हो । तयार नेपाल युएसएडको सुदृढ विपद् जोखिम परियोजना हो ।
यो एपले विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनका सम्बन्धमा सचेतना प्रदान गर्छ । यो एप महिलाद्वारा सञ्चालित व्यवसाय र उपभोक्तालाई विपदको समयमा सहयोग पुगोस् भनेर विपद् पूर्वतयारीमार्फत् उत्थानशीलता निर्माण गर्न तयार गरिएको बताइएको छ ।
कार्यक्रममा ठूलो डट कमकी प्रमुख सञ्चालन अधिकृत सुरक्षा अधिकारीले यो एप महिलाले नेतृत्व गरेका व्यवसायलाई लक्षित गरी निर्माण गरिएकाले विपद् पूर्व तयारी र व्यवस्थापनसम्बन्धी ज्ञानका अतिरिक्त विपद् व्यवस्थापनका लागि आवश्यक समाग्री, जोखिम व्यवस्थापनका लागि वित्तीय सहयोग, व्यवसाय निरन्तरता योजना खाका, विपद् व्यवस्थापन सम्बन्धी कार्यक्रमहरूको जानकारी तथा सहभागिताको अवसर लगायत धेरै फाइदा हुने बताइन् । उनले पूर्वतयारीमार्फत् उत्थानशीलता निर्माण गर्न धेरै उत्पादनहरू एपको प्रयोगमार्फत् ठूलो डट कमबाट खरिद गर्न सकिने उल्लेख गरिन् ।
त्यस्तै, इमर्जकी प्रमुख कार्यकारी अधिकृत मोना श्रेष्ठ अधिकारीले यो मोबाइल एपले सबै सरोकारवालालाई विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनका सम्बन्धमा एकै ठाउँबाट सबै सूचना प्रदान गर्ने उल्लेख गर्दै विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनका क्षेत्रमा काम गर्ने सरकारी निकाय, गैरसरकारी संस्था, उपभोक्ता सबैलाई सहयोगी हुने बताइन् । उनले सही समयमा, सही सूचना पाएर प्रयोगकर्ताले आफूलाई सुरक्षित राख्नुका साथै समुदायको उत्थानशीलता निर्माण गर्न सक्ने धारणा राख्दै यो एप्लिकेसन प्रयोगका लागि आह्वान गरिन् ।

कतिमा कारोबार भइरहेको छ आज विदेशी मुद्रा ?

क्लासिक टेकको डिलर पार्टनर बन्ने मौका, बिना लगानी फोनबाटै आम्दानी!

सुनको मूल्य घट्यो, कतिमा कारोबार हुँदैछ ?

सुनचाँदीमा लगाइएको विलासिता करको विरोधमा काठमाडौँमा प्रदर्शन (भिडियो)

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

सुशासन कायम गर्नसके राजस्व बढ्छ

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

प्रतिक्रिया