अर्थको अर्थ २९औं वर्षमा

काठमाडौँ– मुलुककै पहिलो तथा पुरानो आर्थिक साप्ताहिक टेलिभिजन कार्यक्रम ‘अर्थको अर्थ’ले प्रसारण शुरू गरेको २८ वर्ष पूरा भएको छ । यो कार्यक्रमले आज २८ वर्ष पूरा गरी २९औं वर्षमा प्रवेश गरेको हो ।
करिब तीन दशकको यात्रामा हामी विभिन्न आरोहअवरोह पार गर्दै कार्यक्रमलाई नियमित रूपमा सञ्चालन गर्दै पछिल्लो समय विश्वव्यापी कोभिड महामारीको विषम परिस्थितिमा समेत कार्यक्रमलाई निरन्तरता दिएको कार्यक्रम उत्पादक संस्था आईबीएन मिडिया एन्ड रिसर्चले जनाएको छ । कार्यक्रमको माध्यमबाट देशको अर्थराजनीतिक एवं अर्थसामाजिक विषयवस्तुलाई समेट्दै अर्थतन्त्रको दिगो विकास एवं सुधारका लागि पहल गर्नुलाई संस्थाले आफ्नो प्रमुख उद्देश्य ठान्दै आएको संस्थाका प्रबन्ध निर्देशक एवं प्रमुख कार्यक्रम निर्माता हृदयराज गौतमले बताएका छन् ।
‘आगामी दिनमा सूचना प्रविधिको प्रयोगलाई आत्मसात् गर्दै स्टार्टअप व्यवसाय, नवप्रवर्तन, उद्यमशीलता विकास लगायत विषयवस्तुलाई समेत उच्च प्राथमिकता दिनेतर्फ कार्यक्रम लक्षित रहनेछ,’ आईबीएन मिडिया एन्ड रिसर्चले भनेको छ, ‘साथै अन्तरराष्ट्रिय अभ्यास र समयको माग अनुसार दर्शकहरू, श्रोताहरूलाई नयाँ र समसामयिक विषयवस्तु प्रस्तुत गर्दै अघि बढ्ने छौं ।’
सोही अनुसार संस्थाले पछिल्लो ५ वर्षयता आफ्नै अनलाइन पोर्टल अर्थकोअर्थ डट कमका साथै कार्यक्रमको नाममा आधिकारिक युट्युब च्यानल समेत सञ्चालन गर्दै आएको जनाएको छ ।

कतिमा कारोबार भइरहेको छ आज विदेशी मुद्रा ?

क्लासिक टेकको डिलर पार्टनर बन्ने मौका, बिना लगानी फोनबाटै आम्दानी!

सुनको मूल्य घट्यो, कतिमा कारोबार हुँदैछ ?

सुनचाँदीमा लगाइएको विलासिता करको विरोधमा काठमाडौँमा प्रदर्शन (भिडियो)

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

सुशासन कायम गर्नसके राजस्व बढ्छ

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

प्रतिक्रिया