बिहीबार २५ बैशाख, २०८२
Thursday, May 08, 2025

प्रधानसेनापति शर्मा र फ्रान्सेली राजदूतबीच शिष्‍टाचार भेटवार्ता

काठमाडौँ-  नेपाली सेनाका प्रमुख प्रभुराम शर्मा र फ्रान्सेली राजदूत गील्स ब्रोरबाव बीच शिष्‍टाचार भेटवार्ता भएको छ । मंगलबार मुख्यालयमा भएको भेटवार्तामा फ्रान्सेली सेनाका बिग्रेडियर जेनरल डी लाउराजिरी लगायत अन्य पदाधिकारीको समेत उपस्थित थियो ।

भेटवार्तामा दुई पक्षीय हित तथा पारस्परिक सम्बन्धको विषषयमा छलफल भएको सेनाको मुख्यालयले जनाएको छ । यस किसिमको भेटघाटले दुई देशका सेनाबीच रहँदै आएको सम्बन्ध सुदृढ हुने विश्वास नेपाली सेनाले लिएको छ ।