पूँजीगत खर्च भारतको भन्दा हाम्रो राम्रो : अर्थसचिव मरासिनी

काठमाडौंँ - नेपाल व्यवस्थापन संघले आर्थिक वर्ष २०७९/८० को बजेटमा सुझाव दिन सरोकारवालाहरुसँग छलफल गरेको छ । संघले पूर्वबजेट छलफल आयोजना गर्दै सरकारी अधिकारी, निजी क्षेत्र एवं विभिन्न क्षेत्रका विज्ञहरुसँग सुझाव लिएको हो । पूर्वबजेट छलफलमा निजी क्षेत्रले भागेको समस्या, चुनौती र बजेटले सम्बोधन गर्नुपर्ने विषयमा केन्द्रित रहेर संघले छलफल गरेको हो ।
अर्थसचिव मधुकुमार मरासिनीले नेपाल हाल श्रीलंका जस्तो स्थितीमा नरहेको बताए। साथै हाल एमसीसी तथा युएसएआइडीबाट समेत सहयोग मिलेको हुँदा बताए। पूँजीगत खर्च पनि हाम्रो भारतको भन्दा राम्रो भएको मरासिनीले बताए। छिमेकी भारतमा पूँजीगत खर्च १९ प्रतिशत मात्रै भएको र नेपालमा २३ प्रतिशत पुगेको बताए।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले नेपालमा अवैध रूपमा सामान भित्रिने गरेको बताए। बैंक तथा वित्तीय संस्था परिसङ्घ नेपाल (सिबिफिन) का अध्यक्ष पवन गोल्यानले कर्पोरेट ट्याक्स कम्तिमा ५ प्रतिशत भनेपनि घटाउनुपर्ने बताए। साथै कर प्रणाली एकद्वार हुनुपर्ने बताए ।
सो छलफलमा बोल्दै पर्यटन व्यवसायी वसन्तराज मिश्रले नेपालमा पर्यटक किन बढ्न सकेका छैन् सो बारेमा अध्ययन गर्नुपर्ने बताए । साथै युरोपियन युनियनसँग मिलेर जानुपर्ने भन्दै हाम्रोमा पर्यटक आगमन पर्याप्त नभएको हुँदा यसलाई बढाउनुपर्ने बताए।
आर्थिक, मौद्रिक र प्रशासनिक क्षेत्रको नीतिगत तहमा विगत चार दशकदेखि योगदान पुर्याउँदै आएको संघले निष्पक्ष र स्वतन्त्र रूपमा सरोकारवाला पक्ष र विज्ञहरुसँग छलफल गरी सरकारलाई बजेट तथा कार्यक्रममा सुझाव दिँदै आएको छ । पूर्वबजेट छलफलका आधारमा तयार पारिएको प्रतिवेदनलाई संघले केही दिनभित्र नेपाल सरकारलाई हस्तान्तरण गर्ने संघका अध्यक्ष उपेन्द्र पौडेलले बताए ।

कतिमा कारोबार भइरहेको छ आज विदेशी मुद्रा ?

क्लासिक टेकको डिलर पार्टनर बन्ने मौका, बिना लगानी फोनबाटै आम्दानी!

सुनको मूल्य घट्यो, कतिमा कारोबार हुँदैछ ?

सुनचाँदीमा लगाइएको विलासिता करको विरोधमा काठमाडौँमा प्रदर्शन (भिडियो)

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

सुशासन कायम गर्नसके राजस्व बढ्छ

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

प्रतिक्रिया