शनिबार २८ असार, २०८२
Saturday, July 12, 2025

बक्स अफिसमा ’जर्सी'को कमजोर प्रदर्शन, दक्षिण भारतीय फिल्मकै दबदबा

मुम्बई - राष्ट्रिय पुरस्कार विजेता तेलुगु सिनेमा ’जर्सी' (२०१९)’को रिमेकमा अभिनेता साहिद कपुरले अभिनय गरेका छन्, जुन बक्स अफिसमा कमजोर देखिएको छ । गएको शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र सोमबारको दिन रु. १.८० करोड सहित चौथो दिनसम्म आइपुग्दा रु. १६.४५ करोड कलेक्सन गरेको छ। गौतम तिन्नानुरीले निर्देशन गरेको यस चलचित्रले प्रदर्शन अवधिभरमा रु. २० देखि २५ करोड रुपैयाँसम्म कलेक्सन गर्ने अनुमान गरिएको छ ।

यश स्टारर ‘के.जि.एफ च्याप्टर-२’ ले भारतिय सिनेमा हलहरुमा अझै पनि धुमधामसँग प्रदर्शन भैरहेको छ। के.जी.एफ कै दबदबाका कारण पनि जर्सी बक्स अफिसमा कमजोर हुन पुगेको अनुमान गरिएको छ ।  फिल्ममा साहिद कपुरसँगै मृणाल ठाकुर र पंकज कपुरको पनि अभिनय रहेको छ । 'पुष्पा', 'आरआरआर'को व्यापारसँगै बलिउड फिल्म ब्याकसिटमा बस्न बाध्य भएका छन् । 'सूर्यवंशी' र 'काश्मिर फाइल्स'बाहेक कुनै पनि हिन्दी फिल्मले बक्स अफिसमा नाफा कमाउन सकेका छैनन् ।