श्रेयस ऐयरले आइपीएलका सुरुवाती खेल गुमाउने

काठमाडौँ: भारतीय ब्याट्सम्यान श्रेयस ऐयरले इंगल्यान्डविरुद्धको बाँकी ओडीआई गुमाउने भएका छन् । दुई टिमबीच पुनेमा सुरु भएको ओडीआई श्रृङ्खला अन्तर्गतको पहिलो खेलमा मंगलबार काँधको चोट बोकेका ऐयरले इन्डियन प्रिमियर लिग (आइपीएल) का सुरुवाती खेलहरू पनि गुमाउने बताइएको छ ।
भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले एयेरका विषयमा केही सूचना दिएको छैन । यद्यपि इएसपीन क्रिक इन्फोले भने कयौँ साता मैदान बाहिर रहने बताएको छ । जसका कारण उनले आइपीएलका आधा खेल गुमाउन सक्ने अनुमान गरिएको छ । ऐयरको चोटले तत्कालका लागि भारतीय टिमलाई गहिरो असर नपर्ने अपेक्षा गरिएको छ । बेन्चमा सूर्य कुमार यादव र शुभम गिल जस्ता खेलाडी भएकाले एयेरको चोटले इंगल्यान्डसँगका बाँकी खेलमा लागि बनाइएको भारतीय रणनीतिमा खासै परिवर्तन गर्नुपर्ने छैन ।
ऐयर पछिल्लो छ महिनामा दाेस्रो पटक काँधको चोटले पिडित बनेका हुन् । यसअघि उनी अस्ट्रेलिया भ्रमणमा पनि घाइते बनेका थिए । ऐयर मैदान बाहिर रहने भएपछि आइपीएलमा दिल्ली क्यापिटल्सको कप्तानी रिषभ पन्तले गर्नेछन् ।

म्याग्दी भलिबल कप : आयोजकलाई हराउँदै स्याङ्जा विजयी

द्वारिकादेवी ठकुरानी महिला क्रिकेट बिहीबारदेखि

सन्दीपको टिमलाई ब्रिज कपको उपाधि

सिरिजको अन्तिम खेलमा स्कटल्याण्डसँग नेपाल पराजित

स्कटल्याण्डले दियो नेपाललाई १९४ रनको लक्ष्य
सिरिज जित्ने लक्ष्यका साथ नेपाल र स्कटल्याण्ड आज अन्तिम खेल खेल्दै

प्रतिक्रिया