के रुसी राष्ट्रपति पुटिन अस्वस्थ छन् ?

लन्डन- रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको स्वास्थ्य अवस्थालाई लिएर विभिन्न अड्कलबाजी हुन थालेको छ । बेलायती पत्रिका दी सनले दाबी गरेअनुसार पछिल्लो समय पुटिन बिचलित र अस्थिर देखिएका छन् ।
ओर्थोडक्स इस्टरको अवसरमा मध्यरातमा चर्चमा मैनबत्ती समात्दै गर्दा पुटिन अस्थिर देखिन्थे । यसलाई लिएर उनमा पार्किन्सन वा टर्मीनल क्यान्सर भएकोसमेत अनुमान गरिएको छ ।
यसअघि सार्वजनिक भएको एउटा भिडियोमा ६९ वर्षीय पुटिन टबेल समाएर खुट्टा बजारेको देखिन्छन् । सोही भिडियोलाई लिएर रुसी प्रशासन क्रेमलिनले उनको स्वास्थ्यमा समस्या आएको अनुमान गरेको सो पत्रिकाको दाबी छ ।
गत राति उनी मस्कोको क्राइस्ट द सेभियर क्याथेड्रलमा सहरका मेयर सर्गेई सोब्यानिनको साथमा थिए । त्यतिबेला पुटिनमा पार्किन्सन रोगका केही लक्षण देखिएको पत्रिकाको दाबी छ ।
उनी असहजरूपमा सरेको, जिब्रो बाहिर निकालेको र ओठ टोकेका देखिन्थे । उनले सिलिङ र भुइमा हेरेका थिए । राष्ट्रपति आफूलाई नियन्त्रण धेरै सावधान देखिन्थे । मण्डलीमा सामेल हुनबाहेक उनी अरू बोलेनन् ।
युक्रेनी सहर मारिओपोलमा घेराबन्दी गर्न रक्षामन्त्री सर्गेई सोइगुलाई आदेश दिएको केही दिनपछि उनी सार्वजनिक कार्यक्रममा देखिएका थिए । एजेन्सी

अर्बपति वारेन बफेटले आज ६ अर्ब डलर दान गर्ने

फ्रान्समा सार्वजनिक स्थानमा धूम्रपान प्रतिबन्ध

पाकिस्तानको उत्तर वजिरिस्तानमा आत्मघाती आक्रमण, १६ जना सैनिकको मृत्यु
युक्रेनको ओडेसामा रूसी ड्रोन आक्रमण, दुई जनाको मृत्यु, १४ घाइते

पाकिस्तानको उत्तरपश्चिम क्षेत्रमा बाढीले बगाउँदा ६ जनाको मृत्यु, नौ जना बेपत्ता

द्वन्द्व बढेसँगै चरम गरिबी झन् गहिरिँदै : विश्व बैंक

इरान र रुसका रक्षामन्त्री चीनमा

प्रतिक्रिया