युक्रेन युद्धमा रुस असफल भयो : अमेरिका

किभ- अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले रुसले युक्रेनका केही भागमा क्रूरता देखाएको तर आफ्नो युद्धको उद्देश्यमा असफल भएको बताएका छन् । युक्रेन भ्रमणका क्रममा विदेशमन्त्री ब्लिन्केनले सो धारणा राखेका हुन् ।
उनले आइतबार किभमा राष्ट्रपति जेलेन्स्कीसँगको भेट गरेका थिए । विदेशमन्त्रीसँगै रक्षामन्त्री लोयड अस्टिन पनि युक्रेन भ्रमणमा छन् । युक्रेनले रुसी हमलाको प्रतिकार गर्न अमेरिकासँग सैन्य हतियार माग गरिरहेका बेला दुई अमेरिकी उच्च अधिकारी आइतकार युक्रेनको राजधानी किभ पुगेका थिए ।
युक्रेनी राष्ट्रपतिसँगको भेटमा रक्षामन्त्री अस्टिनले अमेरिकाले रूसलाई सैन्य रूपमा कमजोर भएको हेर्न चाहेको रक्षामन्त्री अस्टिनले बताए । पछिल्लो समयमा रुसले आफ्नो आक्रमण पूर्वी युक्रेनमा केन्द्रित गरेको छ । यसअघि रुसले युक्रेन युद्ध दोस्रो चरणमा प्रवेश गरेको बताएको थियो । रुसको आक्रमण सुरु भएपछि यो उच्च स्तरीय अमेरिकी भ्रमण हो ।
यसैबीच, रुसी सेनाले मध्य र पश्चिमी युक्रेनमा पाँच रेलवे स्टेसनहरूमा आक्रमण गरेका छन् । मध्ययुक्रेनको ज्मेरिन्का र कोज्याटिनका स्टेसनहरूमा भएका आक्रमणमा हताहतका विवरण भने सार्वजनिक हुन बाँकी छ । एजेन्सी

अर्बपति वारेन बफेटले आज ६ अर्ब डलर दान गर्ने

फ्रान्समा सार्वजनिक स्थानमा धूम्रपान प्रतिबन्ध

पाकिस्तानको उत्तर वजिरिस्तानमा आत्मघाती आक्रमण, १६ जना सैनिकको मृत्यु
युक्रेनको ओडेसामा रूसी ड्रोन आक्रमण, दुई जनाको मृत्यु, १४ घाइते

पाकिस्तानको उत्तरपश्चिम क्षेत्रमा बाढीले बगाउँदा ६ जनाको मृत्यु, नौ जना बेपत्ता

द्वन्द्व बढेसँगै चरम गरिबी झन् गहिरिँदै : विश्व बैंक

इरान र रुसका रक्षामन्त्री चीनमा

प्रतिक्रिया