१५.६५ लाभांश वितरण गर्दै गरिमा क्यापिटलको साधारणसभा सम्पन्न

काठमाडौँ- गरिमा क्यापिटल लिमिटेडको छैटौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। बूढानीलकण्ठ स्थित पार्क भिलेज रिसोर्टमा साधारण सभा सम्पन्न भएको हो । गत शुक्रबार सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०७७/७८ को सञ्चालक समितिको प्रतिवेदन पारित गरेको छ । साथै लेखा परीक्षकको प्रतिवेदन पनि स्वीकृत भएको छ ।
साधारणसभाले आषाढ मसान्तमा कायम चुक्ता पूँजी ११ करोड ८१ लाखको १५.६५ प्रतिशतले हुन आउने रकमको १ करोड ८४ लाख ८३ हजार ८ सय ९५ रुपैयाँ नगद लाभांश वितरण गर्ने निर्णय भएको छ । साधारणसभाबाट पाँच ९ सय ५० जना सञ्चालकहरु निर्वाचित समेत भएका छन् । जसमा दिपक पाण्डेय, रमा कान्त बराल, यादवकुमार श्रेष्ठ, माधवप्रसाद उपाध्याय र अनिल श्रेष्ठ चयन भएका छन् । जसको अध्यक्षमा पाण्डेय निर्वाचित भएको क्यापिटलले जनाएको छ ।

डीएस ग्रुपको क्याच मसला अब नेपाली बजारमा, स्थानीय भान्सामा विश्वसनीय स्वादको प्…

बाल स्वास्थ्यका लागि साझेदारी गर्दै पठाओ नेपालको आर्थिक सहयोग

बोश नेपालले ल्यायो डिजिटल लोयल्टी कार्यक्रम ‘हाम्रो बोश’, मेकानिकलाई फाइदै फा…

दराजद्वारा ७.७, 'ह्वाट द फ्ल्याश' सेलको घोषणा

एनसेलले अब ९७१ रेन्जको मोबाइल नम्बरहरू उपलब्ध गराउने

बोटले ‘निर्भाना’ सिरिजको साथ नेपालमा प्रिमियम अडियो अनुभव ल्याउँदै

एलजी नेपालले सुरु गर्यो 'इफेक्सनेट इन्टेलिजेन्स' नयाँ युगको सुरुवात

प्रतिक्रिया