लागूऔषधसहित एक युवक पक्राउ

तनहुँ – तनहुँमा लागूऔषधसहित एक युवक पक्राउ परेका छन् । सोमबार बिहान जिल्लाको आँबखैरेनी गाउँपालिका–४ स्थित बेनिटारबाट रुपन्देहीको तिनाउ नगरपालिका–११ का २१ वर्षीय सागर कुँवर क्षेत्री लागूऔषधसहित पक्राउ परेका हुन् ।
सुनौलीबाट पोखरा आउँदै गरेको बसमा चेकजाँचको क्रममा उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी डीएसपी युवराज खड्काले बताए ।
उनको साथबाट १५० एम्पुल डाइजेपाम, १५० एम्पुल फेनरागन र १५० एम्पुल ब्रोनोरफोनसहित ४५० एम्पुल लागूऔषध बरामद गरिएको छ । उनले झोलामा लागूऔषध लुकाएर ल्याएका थिए ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछि पक्राउ

जुवातास खेलिरहेको अवस्थामा टोखाबाट १९ जना पक्राउ

बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

म्याग्दीमा जिप खस्दा एकको मृत्यु, ४ घाइते

बालिकालाई वेश्यावृतिमा लगाएको आरोपमा गेस्ट हाउस संचालक पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

प्रतिक्रिया