रुसको कुर्स्क क्षेत्रमा २ युक्रेनी ड्रोन खसालिए

काठमाडौँ - रुसी वायु रक्षा प्रणालीले रुसको युक्रेनको सीमावर्ती कुर्स्क क्षेत्रमा दुई युक्रेनी ड्रोन खसालेको कुर्स्कका गभर्नर रोमन स्टारोभोइटले सोमबार बताएका छन्।
`आज ०४ स्१५ मस्को समय (०११५ जिएमटी) मा रूसी वायु रक्षा प्रणालीको टोलीले र्ल्यस्की जिल्ला बोरोभोस्कोए गाउँमा दुई युक्रेनी ड्रोनहरू खसाले,` गभर्नरले टेलिग्राममा उल्लेख गरेका छन् ।
`उक्त घटनाबाट कुनै हताहत चोटपटक वा विनाश भएको छैन। स्थिति पूर्ण रूपमा नियन्त्रणमा छ,` उनले थपे।
शनिबार, गभर्नरले भने कि युक्रेनले यस क्षेत्रमा एक सीमा चेकपोस्टमा गोलाबारी गरेको थियो जसले आगलागी निम्त्याएको थियो तर कुनै हताहती भने भएन।
रासस

अर्बपति वारेन बफेटले आज ६ अर्ब डलर दान गर्ने

फ्रान्समा सार्वजनिक स्थानमा धूम्रपान प्रतिबन्ध

पाकिस्तानको उत्तर वजिरिस्तानमा आत्मघाती आक्रमण, १६ जना सैनिकको मृत्यु
युक्रेनको ओडेसामा रूसी ड्रोन आक्रमण, दुई जनाको मृत्यु, १४ घाइते

पाकिस्तानको उत्तरपश्चिम क्षेत्रमा बाढीले बगाउँदा ६ जनाको मृत्यु, नौ जना बेपत्ता

द्वन्द्व बढेसँगै चरम गरिबी झन् गहिरिँदै : विश्व बैंक

इरान र रुसका रक्षामन्त्री चीनमा

प्रतिक्रिया