लागूऔषधसहित दुईजना पक्राउ

काठमाडौं – स्याङ्जामा अवैध लागूऔषधसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कास्की पोखरा महानगरपालिका-१२ बस्ने २० वर्षीय अभिषेक सुनार र सोही महानगरपालिका-१३ बस्ने १९ वर्षीय विमल थापा रहेका छन् ।
गल्याङ नगरपालिका–१ राम्दीबाट नियन्त्रित लागूऔषध फेनारगन २२ एम्पुल, नुर्फिन २१ एम्पुल डाइजेपाम २१ एम्पुल र २ थान सिरिञ्जसहित उनीहरू पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
बुटवलबाट पोखरातर्फ आउँदै गरेको ना४ख ३८९४ नम्बरको बसलाई राम्दी चेक पोइन्टमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

ग्वार्को फ्लाईओभर उद्घाटन

६१ केजी अवैध सुन तस्करी प्रकरण : फरार रहेकी रोका पक्राउ

'डन' डाइरेक्टर अधिकारीले रियालिटी शो ‘शेफ नेपालः द प्रोफेशनल’ निर्देशन गर्ने…
२३ दिनपछि मनसुन प्रणाली देशभर फैलियो

इलाका प्रहरी कार्यालयलाई पुस्तक सहयोग

बाढी-पहिरो अपडेट : कहाँको छ बाटो बन्द, कहाँको छ सुचारू ? (सूचीसहित)

नवलपरासीमा बाढीले बस बगायो, यात्रुको सकुशल उद्धार (भिडियो)

प्रतिक्रिया