सुडानमा भएको जातीय दंगामा १५ को मृत्यु

एजेन्सी – सुडानमा भएको जातीय दंगामा कम्तीमा पनि १५ जनाको ज्यान गएको बताइएको छ ।
सुडानको दक्षिणी डार्फर राज्य किर्निकमा आइतबार यस्तो भिडन्त भएको थियो । यहाँ दुई जातीका बीचमा हिंसात्मक झडप भएको भएको थियो । अधिकारीहरुले त्यसमा परेर कम्तीमा पनि १५ जनाको ज्यान गएको बताएका छन् ।
तर सरकारले भने यो समाचारको पुष्टि गरेको छैन । यहाँका प्रत्यक्षदर्शी तथा स्थानीय गाउँलेहरुले दिएको जानकारीअनुसार आइतबार यहाँ आपसी भिडन्तकाक्रममा कम्तीमा पनि १५ जनाको ज्यान गएको छ र अरु दर्जनौँ घाइते भएका छन् ।
झडप शुक्रबारबाट सुरु भएको उनीहरुको भनाई छ । शुक्रबारदेखि दुई जातीका हतियारधारीहरुका बीचमा भिडन्त सुरु भएको र यसक्रममा दर्जनौँ नागरिक घाइते हुनुका साथै सयौँ घरमा आगजनी पनि गरिएको छ ।
स्थानीयले सय भन्दा बढी घरमा हतियारधारीहरुले आगो लगाएका जनाएका छन् । सो राज्यमा पछिल्लो समयमा विभिन्न जातीका बीचमा भिडन्त हुने गरेको छ । सो भिडन्तमा परेर सयौँ नागरिकको ज्यान जानुका साथै दशौँ हजार जना विस्थापित पनि भएका छन् ।

अर्बपति वारेन बफेटले आज ६ अर्ब डलर दान गर्ने

फ्रान्समा सार्वजनिक स्थानमा धूम्रपान प्रतिबन्ध

पाकिस्तानको उत्तर वजिरिस्तानमा आत्मघाती आक्रमण, १६ जना सैनिकको मृत्यु
युक्रेनको ओडेसामा रूसी ड्रोन आक्रमण, दुई जनाको मृत्यु, १४ घाइते

पाकिस्तानको उत्तरपश्चिम क्षेत्रमा बाढीले बगाउँदा ६ जनाको मृत्यु, नौ जना बेपत्ता

द्वन्द्व बढेसँगै चरम गरिबी झन् गहिरिँदै : विश्व बैंक

इरान र रुसका रक्षामन्त्री चीनमा

प्रतिक्रिया