समलिङ्गी पात्र रहेको भन्दै डा. स्ट्रेन्जलाई अरबमा प्रवेश निषेध

बेनेडिक्ट कुम्बरब्याच अभिनित सुपरहिरो चलचित्र ‘डा. स्ट्रेन्ज-इन द मल्टिभर्स अफ म्याडनेस’ साउदी अरेबियासहित अरबका अरु देशहरुमा पनि प्रतिबन्ध लगाइएको छ। डा. स्ट्रेन्ज-इन द मल्टिभर्स अफ म्याड्नेस मे ५ तारिखका दिन साउदी अरेबियासहित अन्य खाडी मुलुकहरुमा रिलिज गर्न लागिएको थियो तर फिल्ममा समलिङ्गी पात्रको उपस्थिति रहेको भन्दै अरब देशले रोक लगाएका हुन् ।
यस अघि मार्भलको ‘द इटर्नल्स’ पनि समलिङ्गी रोमान्स भएका कारण साउदी अरेबियामा प्रतिबन्ध लगाइएको थियो,जुन ‘मार्भल सिनेम्याटिक युनिभर्स’को पहिलो समलिङ्गी सुपरहिरो चलचित्र थियो ।
सामुएल मार्शल रैमी निर्देशित ‘डा. स्ट्रेन्ज-इन द मल्टिभर्स अफ म्याडनेस’मा बेनेडिक्ट कुम्बरब्याच सहित, सोची गोमेजले पनि अभिनय गरेकी छिन् जसको पात्र समलिङ्गी रहेको जनाइएको छ। स्कट डेरिक्सन निर्देशित डा. स्ट्रेन्ज(२०१६) यस अघि नेपालमा पनि सुटिङ गरिएको थियो,जसमा नेपाली नायिका शिल्पा मास्केले पनि अभिनय गरेकी थिइन् ।

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

सेन्सरमा रोकियो फिल्म ‘राजागंज’

प्रतिक्रिया