बिहीबार ०५ असार, २०८२
Thursday, June 19, 2025

अब बिटक्‍वाइनबाटै टेस्लाका गाडी किन्‍न पाइने

काठमाडौं : अब टेस्लाका गाडी भर्चुअल पैसा बिटक्वाइनमार्फत पनि खरिद गर्न पाइने भएको छ । टेस्लाका प्रमुख एलन मस्कले बिटक्‍वाइनमार्फत टेस्लाका गाडी किन्‍न सकिने घोषणा गरेका हुन् । विश्‍वकै सर्वाधिक धनी व्यक्ति मस्कले ट्‍वीट गर्दै यसको बारेमा जानकारी दिएका हुन् ।
 

टेस्लाले डिजिटल करेन्सीमा १.५ अर्ब अमेरिकी डलर बराबर लगानी गरिसकेको छ । विद्युतीय सवारीसाधनको निर्माता कम्पनी टेस्लाले लगानी गर्ने घोषणालगत्तै बिटक्वाइनको मूल्य आकासिएको थियो । बिटक्वाइनको सबैभन्दा ठुलो समर्थन गर्ने टेस्ला ठुलो कम्पनी हो ।