एनएमबि बैंकले सर्लाहीको सरकारी विद्यालयका विद्यार्थीहरूलाई स्कूल ब्याग वितरण

काठमाडौं – एनएमबि बैंकले सर्लाहीको सरकारी विद्यालयका विद्यार्थीहरुलाई स्कूल ब्याग वितरण गरेको छ । बैंकले सामाजिक दायित्व अन्तर्गत पुकु दिदी फाउण्डेसन र वाग्मती मा. वि, सिसौट सर्लाहीका प्रधानाध्यापक राम सिंहासन रायको उपस्थितिमा उक्त विद्यालयका विद्यार्थीहरुलाई स्कुल झोला वितरण गरेको हो ।
वितरणको क्रममा बैंकको तर्फबाट मधेस प्रदेश प्रमुख कमल पोख्रेल सहित शाखा प्रवन्धकहरु विवेक झा, अर्जुन ठाकुर र कर्जा अधिकृत पवन मिश्र उपस्थित थिए ।
पुकु दिदी फाउन्डेसनबाट शोभा पौडेल लगायत सदस्यहरु उपस्थित थिए । बैंकले स्कुल ब्यागहरू, इन्भर्टर र ब्याट्री वितरण गरेको थियो ।
उक्त कार्यक्रममा प्रदेश प्रमुख पोखरेलले यस सहकार्यले विद्यार्थी दिदीबहिनीहरुमा पठन पाठनमा सहज हुने विश्वास ब्यक्त गरे ।
विगत २६ वर्ष देखी अनवरत रुपमा बैंकिङ्ग सेवा सुविधा प्रदान गर्दै आएको नेपाल राष्ट्र बैंकबाट “क” वर्गको इजाजत पत्र प्राप्त एक अग्रणी वित्तीय संस्था हो ।

सुनको मूल्य बढ्यो, कतिमा कारोबार हुँदैछ?

विदेशी मुद्रा कतिमा हुँदैछ कारोबार ?

काठमाडौंमा खुल्यो करेन्ट पोइन्टः करेन्ट नुडल्स पारखीले नयाँ स्वाद र फ्लेबरको मज्…

मौद्रिक नीति सार्वजनिक : शेयर धितो कर्जा २५ करोड, घर कर्जा ३ करोड

मौसमी सागसब्जी बेचेर मासिक दुई लाख आर्जन

आज यस्तो छ विदेशी मुद्राको विनिमयदर

प्राकृतिक प्रकोप न्युनिकरणमा चीनसँग सहकार्य अपरिहार्य: उर्जा मन्त्री खडका

प्रतिक्रिया