‘हल्कारा’ र यसका छायाँकारलाई ह्युस्टन फिल्म फेस्टिभलमा अवार्ड

काठमाडौँ - सोमबार अमेरिकाको टेक्सासमा सम्पन्न ह्युस्टन फिल्म फेस्टिभलमा विक्रम सापकोटा निर्देशित फिल्म ‘हल्कारा’ले दुइटा अवार्ड जितेको छ । निर्माण टिमले सामाजिक सञ्जालमा सेयर गरेको जानकारीअनुसार ५ दिनसम्म अमेरिकाको ह्ययुस्टनमा चलेको फेस्टिभलमा फिल्मले प्लाटिनम रेमी अवार्ड प्राप्त गरेको छ भने यही फिल्मबाट यसका छायांँकार चिन्तनराज भण्डारीले गोल्ड रेमी अवार्ड जितेका छन् ।
गत २० तारिखदेखि २४ तारिखसम्म चलेको फेस्टिभलमा यही फिल्मबाट महेश त्रिपाठी पनि मनोनयनमा थिए । वनमा अकस्मात आइपर्ने घटनालाई मानिसले कसरी झेल्दै जान्छ र कसरी आफैँले आफैँलाई चिन्दै जान्छ भन्ने कथा प्रस्तुत गर्ने फिल्ममा महेश त्रिपाठीको मुख्य भूमिका रहेको छ ।
‘चपली हाइट ३’मा भर्खरै देखिएका महेशले यो फिल्ममा बिनिता थापामगर, उमेश तामाङ, पशुपति राई, स्व। दीपक क्षेत्री, विद्या कार्की आदि कलाकारसँग अभिनय गरेका छन् ।
विक्रम सापकोटाले निर्देशन गरेको फिल्मलाई विक्रमसँगै विप्लप प्रतीक र आकाश बरालले लेखेका हुन् । चिन्तन राजभण्डारीको छायांकन रहेको फिल्मलाई कालीपार स्टुडियो र आइसफल प्रडक्सन मिलेर निर्माण गरेका हुन् ।
वल्र्ड फेस्ट ह्युस्टन फिल्म फेस्टिभल अमेरिकाको तेस्रो पुरानो फिल्म फेस्टिभल मानिन्छ । इन्डिपेन्डेन्ट फिल्मलाई प्लेटफर्म दिने उद्देश्यसहित सञ्चालन भएको फेस्टिभलमा यो पटक विश्वका ३० फिचर फिल्म र ६० बढी लघु फिल्म प्रदर्शन गरिएको थियो ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया