शनिबार ०३ जेठ, २०८२
Saturday, May 17, 2025

शिक्षा मन्त्री पौडेलले गरे एसईई परीक्षा केन्द्रको निरीक्षण

काठमाडौँ - शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले एसईई परीक्षा केन्द्रको निरीक्षण गरेका छन् । परीक्षाको तेस्रो दिन सोमबार ललितपुरको महेन्द्र भृकुटी मावि र आइडिएल मोडल स्कुल झम्सीखेलको परीक्षा केन्द्रमा पुगेर मन्त्री पोडेलले परीक्षा केन्द्रको निरीक्षण गगरेका हुन् । 

केन्द्रको निरीक्षण गर्दै मन्त्री पौडेलले परीक्षा मर्यादित बनाउन निर्देशन दिएका छन् । उनीसँगै राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्मा पनि थिए । 

एसईई परीक्षा गत शुक्रबारबाट सुरु भएकाे हो । आज अनिवार्य नेपालीको परीक्षा चलिरहेको छ ।