एमालेले विराटनगरको मेयरमा थापा र उपमेयरमा कार्कीलाई उम्मेदवार बनाउने

विराटनगर - नेकपा एमालेले विराटनगर महानगरपालिकाको मेयर र उपमेयरका उम्मेदवार गएराति अबेर टुंग्याएको छ । मेयरमा एमाले विराटनगरका अध्यक्ष समेत रहेका सागर थापा र उपमेयरमा महानगर कमिटी उपाध्यक्ष शिल्पा निराला कार्कीलाई उम्मेदवार बनाउने निर्णय भएको नेकपा एमालेका केन्द्रीय सदस्य एवं मोरङ जिल्ला इन्चार्ज विनोद ढकालले बताए ।
एमाले १ नम्बर प्रदेश कमिटीले थापाको नाम एक नम्बरमा राखेर केन्द्रीय सदस्य जीवन घिमिरेको नाम समेट सुझावका थप्दै केन्द्रीय कमिटी सचिवालयमा सिफारिस गरेको थियो । सोमबार विहान २ बजे मेयरमा थापा र उपमेयरमा कार्कीलाई उम्मेदवार बनाउने गरी केन्द्रीय सचिवालयबाट निर्णय भएको जनाइएको छ । एमालेमा महानगर र उपमहानगरको मेयर र उपमेयरको उम्मेदवारको निर्णय केन्द्रीय सचिवालयले गर्ने अधिकार थियो ।
एमालेले देशभरीका ६ वटा महानगर मध्ये विराटनगरमा ‘हेभी वेट’ उम्मेदवार खोज्ने प्रयास गरेको थियो । नाम टुंग्याएसँगै एमालेले देशभरीका छ वटै महानगरमा मेयर र उपमेयरको नाम टुंग्याएको छ । विराटनगरको मेयर र उपमेयरमा नेपाली कांग्रेसले मात्रै उम्मेदवारको निर्णय गर्न बाँकी रहेको छ ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया