एमालेले गठन गर्यो प्रदेश-१ सभामा संसदीय बोर्ड
दलको बैठक नेपाल-खनाल समूहद्वारा बहिस्कार

विराटनगर : नेकपा एमालेले प्रदेश-१ सभामा पार्टीको संसदीय बोर्ड गठन गरेको छ । एमाले प्रदेश-१ को संसदीय दलको बैठकले १५ सदस्यीय संसदीय बोर्ड गठन गर्ने निर्णय गरेको हो ।
बोर्डमा ४ पदेन सदस्य हुन्छन् भने ११ जना मनोनयन गरिनेछ । बोर्डमा दलको नेता, उपनेता, प्रमुख सचेतक र सचेतक पदेन सदस्य रहने विधानमा व्यवस्था गरिएको छ । एमाले प्रदेश-१ का संसदीय दलका नेता शेरधन राई मुख्यमन्त्री छन् ।
बुधबार बिहान बसेको संसदीय दलको बैठकले मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वास प्रस्ताव दर्ता गराउँदा हस्ताक्षर गरेका सांसदलाई हस्ताक्षर फिर्ता लिन सात दिनको समयसीमा दिएको छ ।
बैठकले अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने सांसदलाई समर्थन फिर्ता गर्न लिखित निर्देशन दिने निर्णय गरेको दलका नेता राईले जानकारी दिए । राईले भने, ‘संसदीय दलको बैठकले दलको विधान पारित गर्ने, आफ्नो दलको नेताविरुद्ध सदनमा टेबल भएको अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने सांसदलाई सो फिर्ता गर्न निर्देशन दिने र संसदीय बोर्ड गठन गर्ने निर्णय भएको छ ।’
सर्वोच्च अदालतले नेकपालाई अवैधानिक ठहर्याएपछि दलको बैठक आज पहिलो पटक बसेको हो ।
हस्ताक्षर गर्ने सांसदहरूलाई सात दिनभित्र हस्ताक्षर फिर्ता लिन बुधबार नै लिखित पत्र पठाइने एमाले प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले बताए । राजभण्डारीले दलको बैठकमा नेकपा माओवादी केन्द्रका उपनेता टंक आङबुहाङसहित मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने केही सांसदहरू उपस्थित रहेको जानकारी दिए ।
नेकपा एमालेको संसदीय दलको बुधबारको बैठकमा माधव नेपाल समूहका सांसद भीम आचार्य, सांसद राजेन्द्र राई, जीवन घिमिरेलगायत सांसद भने सहभागी थिएनन । तर, लीलावल्लभ अधिकारी र तुलसी न्यौपाने सहभागी थिए । प्रदेशसभामा नेकपा एमालेको एकल वहुमत छ । बुधबारको बैठकमा ५१ मध्ये ३० जना सांसद सहभागी रहेको प्रमुख सचेतक राजभण्डारीले बताए । उनका अनुसार अब उपनेता र सचेतक पनि चयन गरिने छ ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया