काठमाडौँ महानगरका ११६ जनप्रतिनिधिले दिए राजीनामा
काठमाडौँ - काठमाडौँ महानगरपालिकामा ११६ जनप्रतिनिधिले राजीनामा दिएका छन् । यही वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिनका उनीहरूले हाल बहाल रहेको पदबाट राजीनामा दिएका हुन् ।
आज ५ बजेसम्ममा वडाध्यक्ष र कार्यपालिका सदस्य गरी २९ जनाले राजीनामा दिएका छन् भने ८७ वडा सदस्यहरूले पनि आजै राजीनामा दिएको कामपाको सहायक प्रवक्ता महेश काफ्लेले जानकारी दिए ।
स्थानीय तह निर्वाचन उम्मेदवारी दर्ता गर्नका लागि सरकारको स्वामित्वमा रहेको कुनै संस्थामा पारिश्रमिक पाउने भए त्यस्तो पदबाट राजीनामा दिएको निस्सा बुझाउनुपर्ने कानुनी मान्यताअनुसार जनप्रतिनिधिले राजीनामा दिएका हुन् ।
कामपाको वडा ५, ६, ७, १०, १४, २५, २६ र ३१ गरी ८ वटा वडाका अध्यक्षबाट राजीनामा आउन बाँकी छ । भोलिसम्म उम्मेदवारी दर्ता गर्ने समय बाँकी रहेकाले अरु जनप्रतिनीधिबाट राजीनामा आउन सक्ने कामपाको भनाइ छ ।
निर्वाचनमा उमेदवारी नदिने हो भने राजीनामा दिनुपर्ने छैन । कामपामा प्रमुख, उपप्रमुखसहित १६० जनप्रतिनिधि छन् ।

विपी राजमार्गः साउनभर राति १२ घण्टा बन्द

आव २०८०/८१ को भन्दा गत आवमा चार अर्ब बढी राजस्व सङ्कलन

शिव सर्किटको अवधारणामा बाग्मती प्रदेश सरकार
माझी भाषा, संस्कार र संस्कृति जोगाउन प्रशिक्षण

सेफ्टीट्याङ्कीमा खसेर बालिकाको मृत्यु

बाँदरले दुःख दिएपछि बेसार खेतीतिर किसान

प्रतिक्रिया