बर्मामा सयौँ आन्दोलनकारीको रिहाइ

काठमाडौँ: बर्माको सैन्य सरकाले सयौँ आन्दोलनकारीलाई रिहा गरेको छ । अन्तराष्ट्रिय समाचार एजेन्सी रोयटर्सले यागुंन सहरको इनसेइन जेलबाट बुधबार आन्दोलकारीलाई छाडिएको बताएको छ । रिहा गरिएकामा वकिलहरू पनि रहेको रोयटर्सको रिपोर्टमा उल्लेख गरिएको छ । कती संख्यामा आन्दोलकारीलाई छाडिएको हो भन्ने पुष्टी हुन सकेको छैन ।
सैन्य सरकारले आन्दोलकारी रिहा गरेकै दिन यागुंन सहर भने बन्द रहेको छ । आन्दोलनकारीले बन्दको आवहन गरेपछि पुरै सहर सुनसान बनेको रोयटर्सको रिपोर्टमा उल्लेख गरिएको छ । फ्रेबुअरी १ मा कू गरिएपछि बर्मेली नागरिक सडक संघर्षमा छन् । आन्दोलनलाई दबाउन सैन्य सरकारले ब्यापक बल प्रयोग गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यम तथा मानव अधिकारवादी संगठनले बताएका छन् । आन्दोलन दबाउने नाममा बर्मेली सेनाले करिब दुई हजार प्रदर्शनकारीलाई गिरफ्तार गरेको रोयटर्सले लेखेको छ ।
बर्माको ठूलो सहरमध्येको एक मन्डलेमा सोमबार स्थानिय सात वर्षिय बालिकालाई सेनाको गोली लागेपछि विरोधस्वरुप यागुंन बन्द गराइएको हो । सेनाको गोली लागि यसअघि नै मन्डलेमा दुई सय ७५ को मृत्य भइसकेको छ ।
यसैबीच सेनाका प्रवक्ता ज मिन तुनले एक सय ६४ आन्दोलकारीको मृत्य भएको बताएको छन् । अमेरिका र युरोपियन युनियन (ईयू) ले थप प्रतिबन्धको घोषणा गरेको एक दिनपछि सेनाका प्रवक्ताले मृत्य हुनेप्रति आफ्नो समवेदना रहे पनि जिम्मवेरी आन्दोलनकारीले नै लिनुपर्ने बताए । उनले आन्दोलनकारीको आक्रमणमा परेर अहिलेसम्म नौ सुरक्षाकर्मीले पनि ज्यान गुमाएको दाबी गरे ।
अस्पताल पूर्णरुपमा सञ्चालन नहुनु र आन्दोलनलनकारी आफैँले सहर बन्द गराउँदा मृतकको संख्या बढेको पनि सेना प्रवक्ताको दाबी थियो । सैन्य सरकारको विपक्षमा रहेकाहरूले बर्मामा निरन्तर बन्दको आह्वान गर्दै आएका छन् । सरकारी कर्मचारीसमेतको संलग्नतामा भइरहेको आन्दोलनले बर्मालाई अस्तव्यस्त बनाएको छ । यसैबीच बर्मेली सेनाले विपक्षीहरूले गठन गरेको पिडाङसु लुट्व (सीआरपीएच) लाई अवैध घोषणा गर्दै त्यसको सदस्यता लिने बर्मेलीलाई कारबाही गर्ने बताएको छ ।
उता बन्दी बनाइएकी आङ साङ सूकीबारेमा बुधबार बर्मेली अदालतमा सुनुवाइ हुँदैछ । सूकी अदालत नजाने भए पनि भिडियो कन्फ्रेन्सका माध्यमबाट उनलाई प्रस्तुत गरिनेछ ।

'कम्बोडियामा क्यान्सरबाट हरेक दिन ३८ जनाको मृत्यु'

एक महिनामा दुई लाख ५० हजारभन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता

गाजामा भएको इजरायली हमलामा १९ जनाको मृत्यु

विदेशमा निर्माण हुने सबै चलचित्रमाथि सतप्रतिशत कर लगाउन ट्रम्पको आदेश

नुनकाे ढिकाेका कारण पाकिस्तानसँग झुक्नु पर्ने हुन्छ भारतले

अष्ट्रेलियामा बिपक्षी नेताले नै हारे चुनाव, २० बर्ष पछि लेवर पार्टी बहुमतमा

अमेरिकाद्वारा युक्रेनलाई तीन अर्ब १० करोड बराबरको सैन्य सहयोग घोषणा

प्रतिक्रिया