यस्तो छ दैलेखमा गठबन्धनको बाँडफाँट

सुर्खेत- दैलेखमा गठबन्धन दलले बाँडफाँट गरेकाे छ । नारायण नगरपालिकामा मेयर नेपाली काँग्रेस र उपमेयरमा नेकपा (एकीकृत समाजवादी) ले पाएको छ । दुल्लु नगरपालिकामा मेयर काँग्रेस र उपमेयर नेकपा माओवादीले पाएको छ ।
चामुण्डाविन्द्रासैनी नगरपालिकामा मेयर नेकपा (एकीकृत समाजवादी) र उपमेयर नेपाली काँग्रेसलाई परेको हाे । आठबीस नगरपालिकामा मेयर नेपाली काँग्रेस,उपमेयर नेकपा (माओवादी केन्द्र)लाई भाग लगाइएकाे छ । महाबु गाउँपालिका अध्यक्ष नेकपा (एकीकृत समाजवादी) र उपाध्यक्ष नेपाली काँग्रेसका उम्मेदवार उठाउने भएको छ । यस्तै नौमूले गाउँपालिकामा अध्यक्षमा काँग्रेस र उपाध्यक्षमा नेकपा (एकीकृत समाजवादी), भगवतीमाई गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) ले अध्यक्ष र काँग्रेसले उपाध्यक्ष पाउने भएका छन् ।
डुङ्गेश्वर गाउँपालिकामा अध्यक्ष काँग्रेस र उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र)लाई परेको छ । गुराँस गाउँपालिकामा नेपाली काँग्रेसका अध्यक्ष र नेकपा (माओवादी केन्द्र)का उपाध्यक्षलाई उम्मेदवार बनाउने सहमति भएको छ । यस्तै भैरबी गाउँपालिकामा अध्यक्ष नेकपा (एकीकृत समाजवादी) र उपाध्यक्ष काँग्रेसलाई बनाइने भएको छ । ठाटीकाँध गाउँपालिकामा अध्यक्ष नेकपा (माओवादी केन्द्र) र उपाध्यक्ष नेपाली काँग्रेसबाट उम्मेदवार उठाइने भएको छ ।

गाउँपालिकाको एम्बुलेन्स दुर्घटना, चालक घाइते

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु
मुद्दा मिलाइदिन्छु भन्दै रकम असुली गरेको कसुरमा दुई पक्राउ

जुम्लाको राक्से पाटनमा १३ भेडा पुरिए

माटोको ढिस्को खस्दा एकको मृत्यु, पाँच घाइते

जुम्लामा ट्रयाक्टर दुर्घटना : एक जनाको मृत्यु, चार घाइते

हुम्लाको उनापानीमा आगलागीबाट आठ घर नष्ट

प्रतिक्रिया