देशभरका स्रष्टाहरूलाई नेपाली लेखक संघले भन्यो – स्थानीय निर्वाचनमा कांग्रेसलाई मत हाल्नु

काठमाडौँ- नेपाली लेखक सङ्घले स्थानीय निर्वाचनमा नेपाली कांग्रेसलाई भोट हाल्न आग्रह गरेको छ । वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि सङ्घले आ-आफ्नो ठाउँबाट सक्दो सहयोग गर्न देशभरका स्रष्टालाई कांग्रेसलाई मत हाल्न अनुरोध गरेको हो ।
आइतबार विज्ञप्ति निकालेर सङ्घका अध्यक्ष तीर्थ श्रेष्ठले देशमा गैर लोकतान्त्रिक शक्तिको बोलवाला रहँदासम्म लोकतन्त्रको सुदृढ हुन नसक्ने बताएका छन् । नेपाली जनताको संघर्ष र बलिदानबाट प्राप्त उपलब्धिहरूको संस्थागत सुदृढीकरणका लागि लोकतान्त्रिक प्रणालीको सुदृढीकरण आवश्यक रहेको उनको भनाइ छ ।
लोकतान्त्रिक प्रणालीको सुदृढीकरण गर्न कांग्रेसलाई भोट हाल्नुपर्ने उनको ठहर छ । अभिव्यक्ति स्वतन्त्रताको वकालत, नेपाली समाज र संस्कृतिलाई अग्रगमनतर्फ डोर्याउ नेपाली लेखक सङ्घको २००७ सालमा स्थापना भएको थियो ।
सिर्जना कर्मका माध्यमबाट मानवीय मूल्यको संरक्षण तथा सामाजिक लोकतन्त्रको प्रवर्द्धनमा टेवा पुर्याउँदै आएको छ । लोकतन्त्रवादी स्रष्टाको साझा मञ्च रहेकाले यस संस्थाले देशमा मुख्य राजनीतिक परिघटनामा समेत आफूलाई संलग्न गराउँदै आएको छ ।
लेखक संघका पूर्व सचिव घनेन्द्र ओझाले सङ्घलाई नेपाली कांग्रेसको शुभेच्छुक संस्था बनाउनुपर्ने धारणा राखे । उनले वीपीको मार्ग दर्शनलाई मानेर साहित्यलाई मान्नुपर्ने बताए ।
'वीपीको विचार मान्छु भन्ने स्रष्टा वीपीको राजनीतिक विचार मान्ने हो,' उनले भने,' साहित्यिक धार होइन! यसर्थ लेखक सङ्घ काङ्ग्रेसीहरूकै संस्था हो!'

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया