मातातीर्थमा रानीको ‘आमा’मा गौरी र गीताको ममता

काठमाडौँ- मातातिर्थ औसी अर्थात आमाको मुख हेर्ने दिन नजिकिदै जाँदा गीतसंगीतमा पनि आमाको माया र मर्म बोल्ने भावहरु व्यक्त हुन थालेका छन् ।यसैविच, अमेरिकामा रहेर गीतसंगीतमा सक्रिय रुपमा लागिरहेकी गायिका रानी शाक्यले ‘मेरी आमा’ बोलको गीत सार्वजनिक गरेकी छिन् । यो गीतमा सन्तोष आलेको शब्द तथा संगीत छ ।
गीतमा छोरीले आफ्नी आमालाई गर्ने प्रेम र आमाको महिमालाई प्रस्तुत गरिएको छ । यो गीतको भिडियोमा कलाकार गौरी मल्ल, मोडल गीता ढुंगानालाई आमा–छोरीको भूमिकामा देख्न सकिन्छ । साथमा, भिडियोमा विजय राज भुर्तेल, निरिस्का स्थापितको पनि अभिनय छ ।
नमराज घिमिरेको छायांकन रहेको भिडियोमा विजयराजको सम्पादन छ । देव धिमालले यो गीतको भिडियोलाई निर्देशन गरेका हुन् । भिडियोलाई निर्देशक देवले मार्मिक बनाएका छन् । एक बिरामी आमालाई छोरीले गरेको मायालाई भिडियोमा प्रस्तुत गरिएको छ ।

न्ह्यूको सङ्गीत र मेनुकाको स्वरमा नेपाली क्लासिकल गीत ‘बदमास’ सार्वजनिक

‘नारायणगोपाल युवा संगीत पुरस्कार’ सिवानी मोक्तानले पाइन्

टिकाराम खड्काको शब्द तथा शिव परियारको आवाजमा ‘मलाई जलाउँदा’ सार्वजनिक (भिडि…

‘सर्माइ भागेर’ मा ‘दर्पण छायाँ २’ जोडी पुष्प र सहारा

ब्राजिलियन डीजे 'एलोक' एलओडीमा आउँदै
नाजिर र स्मारिका अभिनित म्युजिक भिडियो ‘पिलेन उडाउनी’ सार्वजनिक

पाँचथरको फिदिमदेखि नवलपुरसम्म गुञ्जिए दीपक बज्राचार्य

प्रतिक्रिया