कर्णालीमा रुकुमपश्चिमबाहेक नौ वटै जिल्लामा गठबन्धनको भागबण्डा मिल्यो

सुर्खेत - कर्णालीमा सत्ता गठबन्धनको बैठकले नौ वटा जिल्लामा सत्तारुढ गठबन्धनबीच भागवण्डा टुङ्गो लागेको छ । बिहीबारदेखि जारी गठबन्धनको बैठकले अहिलेसम्म नौ जिल्लाका पालिकामा उम्मेदवारी बाँडफाँटको टुङ्गो लगाएको हो ।
जसअनुसार हुम्ला, दैलेख, जाजरकोट, जुम्ला, हुम्ला, मुगु, डोल्पा जिल्लाको पालिकाको बाँडफाँटमा शनिबार नै कुरा मिलिसकेको थियो । कालिकोटको भागबण्डामा शनिबार राति अबेरसम्म बसेको बैठकले टुङ्गो लगाएको हो । ‘सुर्खेतको सन्दर्भमा पनि करिकरिब कुरा मिलिसकेको छ’ गठबन्धन दलको बैठकमा सहभागी एकीकृत समाजवादीका नेता अम्मरबहादुर थापाले भने, ‘अब केही समयमा पत्रकार सम्मेलन गरेर जानकारी दिन्छौ ।’
रुकुम पश्चिम र सुर्खेतमा भने भागबण्डा मिलाउन बाँकी छ । जसको लागि केन्द्रीय नेतालाई नै यसको जिम्मा दिएको थापाले जानकारी दिए । पाँच वटा नगरपालिका र चार वटा गाउँपालिका रहेको सुर्खेतमा ०७४ को स्थानीय तहको निर्वाचनमा काँग्रेसले ६ वटा स्थानीय तहमा प्रमुख जितेको थियो भने ५ वटा स्थानीय तहका उपप्रमुखमा जितेको थियो ।
रुकुम पश्चिमका भने माओवादीको एकलौटी जनाधार छ । रुकुम पश्चिमका काँग्रेसले एउटा पनि जितेको छैन भने सुर्खेतमा माओवादीले पनि जितेको छैन ।’ माओवादीले काँग्रेसलाई रुकुममा जितेको ठाउँ दिँदा सुर्खेतमा पनि काँग्रेसले जितेको ठाउँमा माओवादी केन्द्रलाई दिनुपर्छ भन्ने विषयमा कुरा मिल्न सकेको थिएन ।

जुम्लामा विद्युत् सेवा बन्द हुँदा ४८० अन्धकारमा बस्न बाध्य

एनआरएनए अस्ट्रेलियाको सहयोगमा जाजरकोटमा विद्यालय भवन निर्माण

प्रधानाध्यापक शाही मृत भेटिए
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_1JXkeO1b2T_il71vgzjybnfbfeocrimcnwswaoeodtesiv3yeiwhjazfj6vepcgwqcljzbu.jpg)
सशस्त्रको भोजमा गोली पड्किँदा सुरक्षा निकायको जवाफ- गोली र पटकाको आवाज पनि न…

कर्णालीमा पाँच हजारभन्दा बढी उद्योग खारेजी

बाढीले भेडीगोठका २६ बाख्रा पुरिए

जुम्लाको तातोपानीमा लिफ्ट सिँचाइ आयोजना निर्माण

प्रतिक्रिया