मेयरमा उठ्न दुई प्रदेशसभा सांसदद्वारा राजीनामा

विराटनगर । प्रदेश १ का दुई जना प्रदेशसभा सदस्यले पदबाट राजिनामा दिएका छन् । इलामको क्षेत्र नम्बर १ (ख) का काजिमान कागते र झापाको क्षेत्र नम्बर १ (ख) का गोपालचन्द्र बुढाथोकीले आइतबार प्रदेशसभाका सभामुखलाई सम्बोधन गरेर राजीनामा दिएका हुन् ।
दुबै सांसद नेकपा एमालेका हुन् । कागतेले इलामको सुर्योदय नगरपालिकाको मेयर र बुढाथोकीले झापाको मेचीनगर नगरपालिकाको मेयरमा उठ्न टिकट पाएका हुन् ।
प्रदेश १ को प्रदेशसभामा एमाले प्रमुख प्रतिपक्षी दल हो । दुई सांसदले राजिनामा दिएपछि प्रदेशसभाका एमालेका सांसदको संख्या ३८ कायम भएको छ । दुबै सांसदले राजीनामा दिएपछि उनीहरुको सांसद पद रिक्त भएको सुचना प्रदेशसभा सचिवालयले निकालिसकेको प्रदेशसभाका सचिव गोपाल पराजुलीले जानकारी दिए।

यस वर्षको 'तरहरा कोरा' भोलि हुँदै

बिपी प्रतिष्ठानमा बिमा सेवाले निरन्तर पाउने : मुख्यमन्त्री कार्की

एक वर्षमा ५३४ फरार प्रतिवादी पक्राउ
सिँचाइमा क्षति पुग्दा बाँझिए खेतबारी

सडक किनारैभरि ‘असारे फूल’ फुल्दा उर्लाबारीको रूप फेरियो

आठ वर्षमा साठी किलोमिटर सडक कालोपत्र

मोबाइल फोनको चार्जर छुटाउँदा करेन्ट लागेर मृत्यु

प्रतिक्रिया