सुन चोरेको भिडियो बाहिरिएपछि यसो भन्छन् एमाले उम्मेदवार पौडेल

पोखरा - एमालेको तर्फबाट पोखराको मेयरको टिकट पाएका दीपक पौडेल अहिले आलोचित भएका छन् । केही वर्षअघि पोखराकै एक सुन पसलबाट उनले सुनको औंठी चोरेको सिसीटीभी फुटेज बाहिरिएपछि आलोचित भएका हुन् ।
पौडेलको उक्त गतिविधिको भिडियोसहितको विरोध एमालेकै नेता कार्यकर्ताले समेत गरेका छन् । उनीहरूले पार्टीबाट यसको स्पष्टीकरण खोजेका छन् भने उम्मेदवार फेर्नसमेत दबाब दिएका छन् ।
तर, मेयरका उम्मेदवार पौडेलले आफ्नो चरित्र हत्या गर्नका लागि भिडियो बाहिर ल्याएको प्रतिक्रिया दिएका छन् । ‘यो भएकै थिएन । मेरो चरित्र हत्या गर्न भ्रामक कुरा बाहिर ल्याइयो,’ उनले न्युज कारखानासँग भने, ‘यस्ता कुराको म खण्डनसमेत गर्दिनँ । गर्न परे पार्टीले गर्छ । साथीहरू लागिरहनु भएको छ ।’
उनले त्यस्तो घटना कहिलै नभएको दाबी गरेका छन् ।
यो पनि
सुन चोरेको आरोप लागेका पोखरा महानगरका एमाले उम्मेद्वार पौडेलको भिडियो भाइरल

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया