‘के घर के डेरा’का लागि दीपेन्द्रले लिए ३५ लाख

काठमाडौँ - केही दिनअघि दोस्रो पटक घोषणा भएको फिल्म ‘के घर के डेरा’का लागि निर्देशक दीपेन्द्र के खनालले ३५ लाख पारिश्रमिक लिएका छन् । उनले यही महिनाको अन्त्यबाट फ्लोरमा जाने फिल्मका लागि ३५ लाख पारिश्रमिक लिने सम्झौता भएको बताएका छन् ।
दीपेन्द्र निर्माण टिमसँग महंगो रकममा सम्झौता भएको स्वीकार गर्दै महामारीका कारण लामो समय काम नगरेकोले चल्तीको रकमभन्दा बढी रकम लिएको बताए । ‘मेरो पेसा नै यही । तीन वर्ष भो काम गरेको छैन । जीविकाको लागि पनि त्यति रकम त चाहियो नी,’ दीपेन्द्रले भने ।
दीपेन्द्रले यो फिल्ममा सुव्रत आचार्यलाई प्रतिस्थापन गरेका हुन् । महामारीअघि यो फिल्म सुव्रत आचार्यले निर्देशन गर्ने गरी कलाकारसहित घोषणा भएको थियो । केही दिनअघि दीपेन्द्रले कप्तानी सम्हालेसँगै फेरि यो फिल्मको घोषणा भएको थियो ।
दीपेन्द्रले लेखनको काम भइरहेको बताउँदै यसमा सन्तुष्ट भएसँगै फ्लोरमा निस्कने जानकारी गराए । ‘पटकथालाई अझै परिमार्जन गर्ने काम गरिरहेका छौँ । यो काम सकिएसँगै फ्लोरमा निस्किन्छौँ,’ उनले भने ।
महेश दवाडीको पटकथा तथा संवाद रहेको फिल्ममा दयाहाङ राई, विपिन कार्की, वर्षा राउत, सुरक्षा पन्तm रविन्द्र झा आदि कलाकारको अभिनय रहनेछ । निर्माण टिमले शुक्रबार मात्र अभिनेत्रीमा सुरक्षा पन्तलाई अनुबन्ध गरेको थियो । दयाहाङ राईले ‘दुई नम्बरी’को सुटिङ सकाएसँगै यो फिल्मको सुटिङ सुरु हुनेछ । दया अहिले पोखराको ल्वाङमा यो फिल्मको सुटिङ गरिरहेका छन् ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया