म्यानमारमा पक्राउ परेका दुई नेपाली भाषी बर्मेली रिहा
काठमाडौँ : म्यानमारमा सेनाले कू गरेर सत्ता हातमा लिएपछि प्रदर्शनमा उत्रिएका बेला पक्राउ परेका दुई जना नेपाली भाषी बर्मेली रिहा भएका छन् । म्यानमार सेनाले पक्राउ गरेका दुई नेपाली भाषी बर्मेलीलाई रिहा गरेको हो ।
तीन हप्ताअघि पक्राउ परेका दुई जनालाई बुधबार छाडेको म्यानमारमा कार्यरत तर केही समयअघि नेपाल फर्केका पत्रकार दीपक भट्टराईले जानकारी दिएका छन् । रिहा हुनेमा सागर सुवेदी र मणिराम खनाल रहेका छन् । उनका अनुसार समाचार संस्था एपीका पत्रकारलाई पनि सेनाले रिहा गरेको छ ।
सेनाले सत्ता हातमा लिएपछि म्यानमारमा आन्दोलन चर्केको छ । आन्दोलन दबाउन सेनाले हत्या र धरपकडलाई तीव्रता दिएको छ । त्यसमध्ये पक्राउ परेका केहीलाई सेनाले छाड्दै आएको छ । बुधबार म्यानमारमा सैनिक कू को विरोधमा शान्त हड्ताल आह्वान गरिएको छ ।
प्रदर्शनका क्रममा सेनाले गोली चलाउँदा अहिलेसम्म साढे दुई सय बढीको मृत्यु भइसकेको छ ।

एनआरएन क्यानडा अध्यक्ष पदमा उम्मेदवारी दिएका किरोज, कस्तो थियो उपाध्यक्ष हुँदाक…

चीनको कुन्मिङमा नवौँ चीन–दक्षिण एसिया प्रदर्शनी सुरु

राहदानी बनाउन स्पेनको बेनिड्रोमबाट २५२ को आवेदन

‘भूतपूर्व गोर्खाका मागबारे बेलायत सकारात्मक’

नर्थ क्यारोलाइनामा नेपालको शिक्षाका विषयमा अन्तरक्रिया

दुबईको सम्पदामा ‘लुम्बिनी ड्रिम गार्डेन गेष्टहाउस एण्ड रेष्टुरेन्ट’ खुल्यो

अवुधावीमा मनाइयो गणतन्त्र दिवस

प्रतिक्रिया